आज विश्व पर्यटन दिवस : अनि नेपालले आधुनिक विश्वमा पर्यटकीय गन्तव्यको पहिचान पायो
नेपालबहस संवाददाता
असोज ११, २०७८ सोमबार १३:१८:३८
कृष्ण उप्रेती
११ असोज, काठमाडौं । आज २७ सेप्टेम्बर । अर्थात् विश्व पर्यटन दिवस । सन् १९८० देखि यस दिनलाई विश्व पर्यटन दिवसको रुपमा मनाइँदै आइएको छ । विश्व पर्यटन संगठनलाई संयुक्त राष्ट्रसंघले सन् १९७० मा यसै दिन अपनाएको दिनलाई मानेर सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवस मनाइएको हो ।
विश्वको सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक मूल्यका साथै दिगो विकासका लक्ष्य प्राप्त गर्न पर्यटन क्षेत्रले गर्न सक्ने योगदान र यस विषयमा जागरूकता बढाउन विश्वव्यापी रुपमा पर्यटन दिवस मनाइन्छ ।
‘समावेशी विकासको लागी पर्यटन’ भन्ने मूल नाराकासाथ यसपालिको विश्व पर्यटन दिवस मनाइँदैछ । यस बर्षको आधिकारिक उत्सव भने आइभरी कोष्ट अर्थात् ‘कोटे डी आइवर’मा हुँदैछ ।
पर्यटनको इतिहासमा सबैभन्दा ठूलो संकट बनेर आएको कोभिड(१९ ले विश्वको पर्यटन क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । यसले विश्वको अर्थतन्त्रमा करीब चार खर्ब अमेरिकी डलर बराबरको नोक्सान गरेको संयुक्त राष्ट्र संघको प्रतिवेदनले देखाएको छ ।
आधुनिक विश्वमा पर्यटकीय गन्तव्यको पहिचान
हाम्रो पूर्वीय सभ्यतालाई हेर्ने हो भने पर्यटनको लामो इतिहास पाइन्छ । तैत्तिरियोपनिषद्मा बताइएको अतिथि देवो भवः भन्ने वाक्यांशले हाम्रो पर्यटन क्षेत्र र पर्यटनको संस्कारलाई स्पष्ट पारेको छ ।
तथापि सन् १९६० देखि मात्र आधुनिक विश्व समुदायका लागि नेपाल पर्यटकीय गन्तव्यको रुपमा चिनिएको हो । तर, सन् १९८१ मा त्रिभुवन विमानस्थल बनेपछि मात्र पर्यटकका लागि नेपालाको ढोका खुलेको थियो । सन् १९६० तिर हिप्पी आन्दोलन चरम सीमामा पुगेको बेला नेपालमा पर्यटक आफ्नै भ्यान, कार, बाइक लिएर हिप्पी अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपाल आउने गरेका थिए ।
विश्व पर्यटन क्षेत्रमा नेपाललाई एसियाभित्रको युरोप पनि भनिने गरिएको छ । यहाँको वातावरण, मौसम र रमणीय दृष्यले जोकोहीलाई पनि लठ्ठ बनाउछ । मरूभूमिदेखि हिमालसम्मको यात्रा नेपालमै हुने भएकाले पनि नेपाल पर्यटकको रोजाइमा पर्दै आएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा हुनुले पनि विश्व पर्यटन क्षेत्रमा नेपालको बेग्लै पहिचान बनेको छ । जुनसुकै मौसममा पनि नेपालको भ्रमण गर्न सकिने भएकाले नेपालको मौसममा रहेको विविधता पर्यटन क्षेत्रको लागि अर्को एउटा महत्वपूर्ण पाटो हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार