नगर प्रमुखको कार्यशैलीविरुद्ध स्थानीयवासी आन्दोलित
नेपालबहस संवाददाता
असोज ११, २०७८ सोमबार २१:२५:८
विशाल बस्नेत
११ असोज, महोत्तरी । औरही नगरपालिकामा जनप्रतिनिधिविरुद्ध स्थानीयवासी आन्दोलित भएका छ्न् । नगर प्रमुख सुनिल यादवले विभिन्न शीर्षकमा व्यापक अनियमितता गरेको र सूचना माग्दा नदिएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
यादवले जनताको मतलाई सुनिश्चित गर्न नसकेको, नगरवासीको आशा र अपेक्षालाई बेवास्ता गर्दै विकासका काममा अनियमितता गरेको आरोप लगाउँदै तीनदेखि नगरपालिकाको मूलगेटमा धर्ना तथा आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका हुन् । आन्दोलनलाई प्रभावकारी बनाउन स्थानीय पाँच राजनीतिक दलले समेत ऐक्यबद्धता जनाएका छन् ।
‘जबसम्म नगर प्रमुखले चार वर्षदेखि आय-व्ययको विवरण उपलब्ध गराउँदैनन्, तबसम्म आन्दोलन जारी रहने छ,’ लोसपा स्थानीय नेता दरेश यादवले भने ।
यादवले विकासका हरेक शीर्षकमा भ्रष्टाचार गरेको, निर्वाचित भएसँगै पालिकामा न्यूनतम कामसमेत गर्न नसकेको, उपमेयरका काममा हस्तक्षेप गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई समेत अवज्ञा गरेको, पालिकाका कार्यकारी प्रमुखसँगको मिलेमतोमा अकूत सम्पत्ति कमाएको जस्ता आरोप उनीमाथि लागेको छ ।
नगर प्रमुख यादवले भने केही राजनीतिक दलले आफ्नो राजनीति अभिष्ट पूरा गर्न अनावश्यक आरोप लगाएको दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार