तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
असोज १२, २०७८ मंगलबार १२:३:५२
वि.सं.२०७८ साल असोज १२ गते । मंगलबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–सप्तमी, दिउसो ०३ बजेर ०५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–मृगशिरा, बेलुकी ०६ बजेर ५९ मिनेट उप्रान्त आद्र्रा । योग–व्यातिपात, बेलुकी ०५ बजेर २५ मिनेट उप्रान्त वरियान । करण–बव, दिउसो ०३ बजेर ०५ मिनेट उप्रान्त बालव, रातको ०४ बजेर ०२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मीथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५२ मिनेट । दिनमान २९ घडी ५२ पला । अष्टमीव्रत, महालक्ष्मीव्रत समाप्ती ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सुचना प्रविधीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी हुने तथा लगानी बढाउदा भविस्यमा आम्दानी भईरहनेछ । बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने मायाप्रेममा सामिप्यता बढेर जानेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- समय मध्यम रहेकोले व्यापार व्यावसायमा तत्काल लगानि नबढाउनु नै उत्तम हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना सहनु पर्नेछ । घर परिवार तथा आफन्तसँग सैद्धान्तिक राज बाजिनेछ । टेक्निकल सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । शिर सम्वन्धी समस्या देखा पर्ने तथा कन्फिडेन्ट पावरमा कमि हुनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’ :- पढाईलेखाईमा मन नजादा भनेजस्तो नतिजा हात पार्न सकिने छैन । काम गर्दा वा सवारी चलाउदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा बढि नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तापनी विदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेको छ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- व्यापार व्यावसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेकोछ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्वन्ध सुमधुर बन्नेछ भने प्रेम सम्वन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेकोछ । अध्ययनमा प्रगती हुनेछ तथा राम्रै नतिजा ल्याउन सकिनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाईलेखाईमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- सामाजिक तथा धार्मिक काममा अभिरुची बढ्ने छ भने धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाईलेखाईको सवालमा शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सोनो प्रयत्नले ठुला उपलव्धी हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिती रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- समय तथा परिस्थिती अनुसार नचल्नाले दुःख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । मायाप्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । आफन्त तथा दिदीबहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- व्यापारमा साझेदारहरुबीच मनमुटाब बढ्ने हुनाले सम्ययम भएर प्रस्तुत हुनुहोला । आर्थिक कारोबार बिग्रनाले दैनिकी प्रभावित हुनेछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउन मुस्किल पर्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न ।
मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेकोछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाईलेखाईमा सहपाठी हरुलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरी नयाँ व्यावसाय सुचारु गर्न सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ, भने मावली पक्षबाट सहयोग पाईनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- विद्या स्थानमा गोचर गर्ने चन्द्रमाले पढाईलेखाईमा सफलता हात पार्न सकिनेछ । बुद्धिको प्रयोग गरी अरुलाई प्रभावित पार्न सकिनेछ । आफन्त तथा सन्तानको साथ पाईने तथा उनिहरुको प्रगतिमा मन रमाउँनेछ । मनमुटुमा राखेको मानिसबाट उपाहार प्राप्त हुदा तपाईभन्दा खुसि अरु कोहि हुने छैनन् ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- राजनीतिज्ञ तथा समाजसेवीका लागी समय मध्यम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागी समय उत्तम रहेकोछ । घरजग्गा तथा सवारीसाधन सम्वन्धी विवादमा सामेल नहुनुहोला । अध्ययनमा मन नजादा अरुनै हावी हुनेछन् । स्वास्थ्यमा समस्या आउनाले दैनिक काम प्रभावित हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यम रहेको छ । तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार