तेस्रो दिन वर्षाका कारण रद्द भएका दुबै खेल पुनः खेलाइने
नेपालबहस संवाददाता
असोज १२, २०७८ मंगलबार १६:३०:२
१२ असोज, काठमाडौं । एभरेस्ट प्रिमियर लिग ‘इपिएल’ को तेस्रो दिन वर्षाका कारण रद्द भएका दुबै खेल पुनः खेलाइने भएको छ । आयोजकले दुबै टोली र प्राविधिक टोलीसँग वार्ता गर्दै दुबै खेल पुनः खेलाउने निर्णय लिएको हो ।
यसअघि सोमबार तय भएको काठमाडौं किङ्स इलेभन र विराटनगर वारियर्स तथा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्सबीचको खेल रद्द भएको थियो ।
काठमाडौं र विराटनगरबीचको खेल टस नै नभई रद्द भएको थियो भने चितवन र भैरहवाबीचको खेल टस समयमा वर्षा भएपछि रद्द गरिएको थियो ।
नयाँ खेल तालिका अनुसार आयोजकले दिवा खेलमा भएको दुई दिनलाई मिलाएर बिहानी दुई खेल थप गरेको हो । अब काठमाडौं र विराटनगरबीचको खेल शुक्रबार बिहान साढे बजे हुनेछ भने चितवन र भैरहवाबीचको खेल शनिबार सोही समयमा हुनेछ ।
इपिएलको चौथो दिन मंगलबार काठमाडौं र पोखरा राइजोन भिड्दैछन् । खेल मध्याह्न सवा १२ बजे सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार