नदी जन्य वस्तुको चोरी तथा दोहनमा वृद्दि
मीना कंडेल
असोज १२, २०७८ मंगलबार २२:४९:४४
१२ असोज, नवलपुर। पूर्वी नवलपरासीमा नदी जन्य वस्तुको चोरी तथा दोहन व्यापक बढेको पाइएको छ । नदीबाट नदीजन्य पदार्थ झिक्न नमिल्ने भए पनि तस्करले दिनदहाडै नदीबाट दैनिक लाखौँको ढुङ्गा, गिट्टी, ठाउँठाउँमा घाटगड्डी गरिरहेको स्थानीयको भनाइ छ ।
स्थानीय तह अर्थात स्थानीय सरकारको मुख्य आम्दानीको स्रोत मानिने नदीजन्य वस्तुको बेलैमा ठेक्का नखोल्नु र चोरी तथा दोहन नियन्त्रणमा स्थानीय सरकारको ध्यान नपुग्दा चोरीका घटना बढेका हुन् । नवलपुरको कावासोतीको केरुङ्गे खोला, पत्थर खोला, मध्यविन्दु र हुप्सेकोटको गिरुवारी खोला, मध्यविन्दुको अरुणखोला, विनयी त्रिवेणीको विनयी खोला लगायतका क्षेत्रमा नदी जन्य वस्तुको दोहान बढेको छ ।
तस्करले सोझै नदीबाट उत्खनन गरेर उक्त स्थानमा घाटगड्डी गरेर राखेको पाइए पनि सम्बन्धित निकायले बेवास्ता गर्दा नियन्त्रणमा समस्या भएको हो । नदीजन्य पदार्थको चोरीसम्बन्धी समस्या रहे पनि स्थानीय प्रशासनले यसको नियन्त्रण र रोकथामको काम गर्दै आइरहेको जिल्ला प्रहरी कार्यलय नवलपुरका नायब उपरिक्षक दिलिप गिरीले बताए ।
यसैबीच जिल्ला प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय दुम्किबासको संयुक्त प्रहरी टोलीले विनयी खोलाबाट २८ वटा ट्याक्टर बरामद गरेको छ । विनयी त्रिवेणी गा.पा. वडा नं. २ विनयी खोला बाट अवैध रुपमा नदिजन्य पदार्थउत्खनन एवम् चोरी निकासी गर्दै गर्दा २८ वटा निम्न ट्याक्टर फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्बन्धित कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार