कपनबाट ४ बर्षीय बालक अपहरणमा परेको आशंका
नेपालबहस संवाददाता
असोज १२, २०७८ बुधबार ०:४०:११
१२ असाेज, काठमाडाैं । काठमाडौंको कपनबाट चार वर्षीय बालक पियुस शर्मा अपहरणमा परेका छन् । भारतको बिहार मधुवनीका विनोद शर्माका छोरा पियुस अपहरणमा परेको प्रहरी स्रोतले जनाएको छ । उनलाई भारत बिहारकै शंकर दासले अपहरण गरेको प्रहरीको स्रोतको दावी छ ।
बालक पियुसका बुबा विनोद शर्माले छोरा अपरहणमा परेको भन्दै प्रहरीमा उजुरी गरेका छन् । प्रहरी स्रोतका अुनसार शंकर केही दिनअघि मात्रै भारतबाट नेपाल आएको हुन । उनले नेपालमा प्रयोग गर्ने मोबाइल फोनसमेत कोठामै छोडेर बालकलाई अपरहण गरेको प्रहरीले जनाएको छ ।
नुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार दासले कपनहुँदै चाबहिल गोपीकृष्ण हलअगाडिसम्म बालकलाई लोकल बसमा लिएर गएको खुलेको छ । त्यहाँबाट भने उनले वीरगञ्जको बस खोजेको र वीरगञ्जतर्फ गएको अनुमान प्रहरीले गरेको छ ।
बालकका आफन्तले खोजीका लागि उजुरी दिएपछि प्रहरीले भारतको सीमा जोडिएका जिल्लामा कडा सुरक्षा चेकका लागि निर्देशन दिएको छ । प्रहरीका अनुसार शंकरले पारिवारिक रिसइबीका कारण उनको अपहरण भएको अनुमान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार