रेडक्रस र सेनाको पहलमा विपदबाट बच्न सिक्दै स्थानीय
नेपालबहस संवाददाता
असोज १३, २०७८ बुधबार १६:२१:२८
१३ असोज, बैतडी । बैतडीमा विपदबाट हुन सक्ने सम्भावित जोखिम रोक्न नागरिक जागरुक बन्न थालेका छन् । नेपाल रेडक्रस सोसाइटी र नेपाली सेनाको पहलमा विपद् प्रतिकार्य सीप हाँसिल गरेका स्थानीय विपद् प्रतिकार्यमा जुटेका हुन् ।
पञ्चेश्वरका गौरव सार्कीले रेडक्रस, नेपाली सेनाको सहयोगमा विपदबाट कसरी बच्ने भन्ने सीप सिकेको बताए । रेडक्रसले पश्चिम विपद् पूर्वतयारी परियोजना अन्तर्गत मेलौली र पञ्चेश्वरका २४ जनालाई विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम दिएको कार्यक्रम संयोजक गोविन्द पन्तले बताए । स्थानीयले बाढीपहिरो, आगलागी भएका बेला कसरी उद्धार गर्ने, अरुलाई कसरी बचाउने भन्ने विषयमा तालिम लिएको उनले बताए ।
नागरिकलाई नेपाली सेनाको टोलीले प्रयोगात्मक सीप सिकाएको बैतडीस्थित हनुमानध्वज गुल्मका सहायक गुल्मपति गिरिजा भट्टले बताए । समुदायका नागरिकलाई फायर फाइटिङ, बाढीपहिरोको बेला उद्धार लगायतका सीप सिकाएको उनले बताए ।
बैतडीमा रेडक्रसले सञ्चालन गर्दै आएको पश्चिम विपद् पूर्वतयारी परियोजनाले विपद् व्यवस्थापनमा समुदायको क्षमता अभिवृद्धि गर्दै आएको मेलौलीका दशरथ दमाईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार