एनभिए भलिबलमा पुलिसको पुरुष टोली क्वाटरफाइनलमा प्रवेश
नेपालबहस संवाददाता
असोज १३, २०७८ बुधबार १७:२२:४५
१३ असोज, काठमाडौं । एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस क्लबको पुरुष टोली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै समूह ‘बी’बाट विजेताको रूपमा अन्तिम आठमा प्रवेश गरेको हो ।
यता, पराजित गण्डकी प्रदेशसमेत समूह उपविजेताको रूपमा क्वाटरफाइनल प्रवेश गरेको छ । गण्डकीविरुद्ध पहिलो सेट नेपाल पुलिस क्लबले २५–१४ र दोस्रो सेट समेत २५–१४ आफ्नो पक्षमा पार्दा तेस्रो सेट २५–१८ ले पारेको थियो ।
समूह बी मा नेपाल पुलिसले शत प्रतिशत जित निकाल्दा तीन खेलबाट ९ अंक जोड्यो । गण्डकीको तीन खेलबाट ५ अंक रह्यो । यस समूहबाट मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लब समूह चरणबाटै बाहिरिए ।
यता, समूह सी बाट आर्मी क्लब विजेता रहँदा नयाँ बजार उपविजेता रह्यो । समूह डी बाट एपीएफ विजेता रहँदा ढोरपाटन उपविजेता रह्यो ।
नेपाल भलिबल संघ ‘एनभिए’ को आयोजनामा जारी छैटौं संस्करणको एनभिए च्याम्पियनसिप प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ आठ गरी २० टोली सहभागी छन् । च्याम्पियनसिपबाट चैतमा हुने एनभिए लिगमा पुरुष तर्फ ७ र महिलातर्फ पाँच टोली छनोट हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार