चार महिनापछि साँफे–मार्तडीमा गुड्यो गाडी
नेपालबहस संवाददाता
असोज १३, २०७८ बुधबार १९:२८:५०
कल्पना बोहरा
१३ असोज, अछाम । अछामको साँफेबगर र बाजुराको मार्तडी जोड्ने सडकखण्ड चार महिनापछि मर्मत भएको छ । अविरल वर्षासँगै गएको पहिरोले गत ३१ जेठदेखि बन्द रहेको सडक चार महिनापछि खुलेको हो ।
निरन्तर वर्षा भइरहेकोले सो सडकमा डोजर र एक्स्काभेटर चलाउन नमिल्ने भएकाले सो सडक सुचारु गर्न अझै मुस्किल भएको सडक डिभिजन कार्यालय अछामले बताउँदै आएको थियो । सडक अवरुद्ध भएसँगै बाजुराका नागरिकको जीवन कष्टकर बनेको थियो ।
जिल्लाको मुख्य लाइफलाइन साँफे–मार्तडी सडक, मार्तडी कोल्टी लगायत सबै स्थानीय सडक अवरोध भएकापछि भौगोलिक रूपले विकट बाजुरामा कोरोना विरुद्धको खोप ढुवानी गर्ने धेरै समस्या खेप्नुपरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तको भनाइ छ ।
सडक विभागले भत्किएको ठाउँमा मर्मत गरेपछि साँफे–मार्तडी सडक जोडिएको छ । यो बाटो बनेपछि बाजुरा, हुम्ला र मुगुका स्थानीय बासिन्दालाई सहज भएको छ ।
साँफे–मार्तडी सडकखण्ड अन्तर्गतको बार्जुगाडदेखि मार्तडी सम्मको २९ किलोमिटर सडकमा दर्जनौँ ठाउँमा पहिरो गएको थियो । मर्मतपछि अहिले साना गाडी र ट्याक्टर चल्ने भइसकेको र ठूला बस पनि गुडाउन मिल्ने गरी काम भइरहेको सडक डिभिजन कार्यालय अछामका प्रमुख इन्जिनियर दमनबहादुर विष्टले बताए ।
सडक शिलान्यासको २७ वर्षसम्म पनि बाजुरावासीले सास्ती भोग्दै आएका छन् । अछामको साँफेबगरबाट मार्तडीसम्मको ५७ किलोमिटर सडक निर्माणमै करिब पौने दुई अर्ब रुपैयाँ बजेट खर्च भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार