इपिएल : पहिलो जितसँगै पोखरा शीर्षस्थानमा, ललितपुर ९ विकेटले पराजित
नेपालबहस संवाददाता
असोज १३, २०७८ बुधबार १९:३६:२८
१३ असोज, काठमाडौं । पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ढिला गरि सुरु भएको ७ ओभरको खेलमा ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गर्दै पोखरा शीर्षस्थानमा उक्लिएको हो ।
५२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको पोखराले ६ ओभरमा ३ बलमा ९ विकेट गुमाउँदै ५५ रन बनाएको हो । पोखराको पहिलो जितमा रिचार्ड लेभीले सर्वाधिक ३८ रन बनाए । अविजित रहेका लेभीले २२ बलमा ५ चौका र १ छक्का हिर्काएका थिए ।
यता, रित गौतमले १४ बलमा १२ रन जोडे । उनले १ चोका प्रहार गरेका थिए । ललितपुरका अज्मतुल्लाह ओमार्जाईले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो । ललितपुरका लागि विकेट किपर सन्दुन विराक्कोडीले सर्वाधिक १९ रन बनाए । १६ बल खेलेका सन्दुनले १ चौका र १ छक्का प्रहार गरे । यता, ओशाडा फर्नान्डोले १० रन बनाउँदा नारायण जोशीले ११ रन बनाए ।
यता, टस जितेर बलिङ गर्ने निर्णय लिएको पोखराको लागि नन्दन यादवले सर्वाधिक ३ विकेट लिए । २ ओभर बलिङ गरेका यादवले ११ रन खर्चिएका थिए । यस्तै विक्रम सोबले २ विकेट लिए । २ ओभर बलिङ गरेका विक्रमले ११ रन खर्चिएका थिए । यस्तै केश्रीक विलियमले १ विकेट लिएका थिए ।
यसअघि विहान ९ः३० बजे सुरु हुनुपर्ने खेल मैदान ओसिलो हुँदा निर्धारित समयभन्दा निकै ढिला गरि टस भएको थियो ।
जितसँगै पोखराले महत्वपूर्ण २ अंक जोडेको छ । उसको २ खेलबाट ३ अंक रहेको छ र शीर्षस्थानमा समेत उक्लिएको छ । यसअघि पोखराले भैरहवासँग वर्षाले खेल प्रभावित हुँदा अंक बाढेको थियो ।
यता, लतिलपुरको भने यो दोस्रो हार हो । ललितपुर यसअघि उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेनसँग पराजित भएको थियो । ललितपुर २ खेलबाट तालिकामा खाता खोल्न नसकेर पुछारमा रहेको छ ।
विगत तीन दिनदेखि लगातारको वर्षाले मैदानको आउट फिल्ड पूर्ण रुपमा भिजेको हुँदा बुधबारलाई तय भएको पोखरा राईनोज र ललितपुर प्याट्रियट्सबीचको खेल ७ ओभरमा झारिएको हो ।
यसअघि प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो दिनसमेत वर्षाको कारण अवरुद्ध भएको थियो । दोस्रो दिनको दोस्रो खेलमा पोखरा र भैरहवाबीचको खेल ११ ओभर जारी रहँदा रद्ध भएको थियो ।
यस खेलमा भने दुबै टोलीले अंक बाँडेका छन् । यसअघि काठमाठौं र विराटनगर तथा भैरहवा र चितवनबीचको तेस्रो दिनको दुबै खेलसमेत वर्षाको कारण रद्ध हुँदा अर्को मिति तोकिएको थियो ।
हिजो ९मंगरबार०समेत पोखरा र काठमाडौं किङ्स इलेभनबीचको खेल बर्षाकै कारण रद्ध भएको थियो । आज नै हुने दोस्रो खेलमा भैरहवा र विराटनगर वारिवर्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
इरानमा हिजाब सम्बन्धी नयाँ कानून लागू, उल्लङ्घन गर्नेलाई मृत्युदण्डको सजाय
मंसिर २७, २०८१ बिहिबार
ओलीको लगानी भनिएको प्रमाण आफैंले नबनाएको प्रसाईंको दावी, संगठित अपराधमा मुद्दा चलाउने
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
मंसिर २७, २०८१ बिहिबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर [ फोटो फिचर ]
मंसिर २७, २०८१ बिहिबार