अभिनेत्री रञ्जना शर्मा बिहे नगरी गर्भवती !
नेपालबहस संवाददाता
असोज १३, २०७८ बुधबार २१:५०:७
१३ असोज, काठमाडौं । केही वर्षयता अमेरिकामा बस्दै आएकी अभिनेत्री रञ्जना शर्माले आफू गर्भवती भएको जानकारी फेसबुकमार्फत दिएकी छिन् । गत भाद्र कृष्ण अष्टमीमा प्रेमी निकेश सिलवालसँग इंगेज्मेन्ट गरेकी उनले नेपाल आएर बिहे गर्ने बताएकी थिइन् ।
तर, अहिले उनले फेसबुकमा आफू गर्भवती भएको फोटा पोस्ट गरेर सबैलाई चकित तुल्याएकी छन् । फिल्म वृत्तमा औपचारिक रूपमा बिहे नगर्दै रञ्जना गर्भवती भएको हल्लासमेत चलेको छ । यसबारेमा भने उनको कुनै धारणा आएको छैन ।
०६५ सालमा निर्देशक श्याम भट्टराईसँग बिहे गरेकी रञ्जना त्यसको केही वर्षपछि एक कार्यक्रममा सहभागी हुन अमेरिका उडिन् । अमेरिका पुगेको दुई महिनापछि उनी श्यामसँग सम्पर्कविहीन भइन् । श्याम पनि ०७२ सालमा अमेरिका उडे । उनले त्यहाँ रञ्जनालाई खोजे । तर रञ्जनाले आफूहरू आ–आफ्नो बाटो लाग्नु उत्तम हुने बताइन् । त्यसपछि उनीहरूले सम्बन्ध बिच्छेद गरे ।
श्यामले दुई वर्षअघि स्वदेश आई एफएमकर्मी कसुम तामाङसँग मागी विवाह गरे । रञ्जनाले भने अमेरिकामै प्रेमी पाइन्(निकेश सिलवाल । केही टेलिसिरियल तथा पूर्वपति श्यामको निर्देशनमा बनेको मर्यादा र मौसम, सलाम छ मायालाई र कन्यादान फिल्ममा अभिनय गरेकी रञ्जनाको अभिनय करिअर सुखद भने थिएन ।
पछिल्लो समय अभिनेत्रीहरूले आफू गर्भवती भएको खबर गर्वका साथ फैलाउने गरेका छन् । सोहीअनुरूप रञ्जनाले पनि आफू आमा बन्न लागेको खुसियाली ‘सेयर’ गरेकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
नहरमा हिउँदेबालीका लागि सिँचाइ
मंसिर ९, २०८१ आइतबार
कर्णाली करिडोर र हुम्ला करिडोर
मंसिर ९, २०८१ आइतबार