इपिएलमा दोस्रो जितसँगै चितवन शीर्षस्थानमा
नेपालबहस संवाददाता
असोज १४, २०७८ बिहिबार १९:३१:५७
१४ असोज, काठमाडौं । चितवन टाइगर्सले जारी एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा चितवनले काठमाडौं किङ्स इलेभनलाई तीन विकेटले पराजित गरेको हो । जितसँगै दुई खेलबाट चार अंक बनाएको चितवन शीर्षस्थानमा फर्किएको छ ।
१४२ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा आएको चितवनले १८ ओभर पाँच बलमा सात विकेट गुमाउँदै १४१ रन बनाएको थियो । चितवनका लागि राजेश पुलामी मगरले सर्वाधिक २६ रन बनाए । अविजित रहेका पुलामीले २९ बलमा दुई छक्का प्रहार गर्दै २६ रन बनाएका थिए ।
यस्तै कमल ऐरी र दिलीप नाथले समान २३ रन बनाए । यस्तै करिम जन्नतले १४ बलमा २१ रन बनाए । चितवनका कप्तान सोमपाल कामी डक आउट भए ।
काठमाडौंका रायन बर्ल र जितेन्द्र मुखियाले समान दुई विकेट लिए । चार ओभर बलिङ गरेका रायनले १३ रन खर्चिए । यता, तीन ओभर बलिङ गरेका जितेन्द्रले १८ रन खर्चिए । जनक प्रकाश, गुल्शन झा र सन्दीप लामिछानेले एक-एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेकोे काठमाडौले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।
काठमाडौंको मध्यस्कोर बनाउने क्रममा ओपनिङ ब्याटर सुभाष खकुरेलले सर्वाधिक ३५ रन बनाए । ३४ बल खेलको खकुरेलले दुई चौका र दुई छक्का हिर्काएका थिए । यस्तै राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाए । काठमाडौंका अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् । पहिलो खेलमा ललितपुरविरुद्ध विष्फोटक ब्याटिङ गरेका काठमाडौंका ब्याटर रायन बर्ल भने डक आउट भएका थिए ।
टस जितेर बलिङ गर्ने निर्णय गरेको चितवनका लागि सागर ढकालले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका सागरले २१ रन खर्चिएका थिए । यस्तै करिम जन्नतले दुई विकेट लिँदा सीकुगे प्रशंन्ना र कमल ऐरीले समान एक विकेट लिए । आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
खेतबारीमा लैजान व्यवस्थापन गरिएको मल
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
दाङमा बाक्लो हुस्सु
मंसिर २७, २०८१ बिहिबार
हिमपहिरोले बनाएको पोखरी
मंसिर २७, २०८१ बिहिबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार