साफ च्याम्पियनसीप प्रतियोगिताको खेल तालिका हेरफेर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज १४, २०७८ बिहिबार २०:५१:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/SAFF-Championship-2021_jTTThMSRok.jpg)
१४ असोज, काठमाडौं । माल्दिभ्समा ‘भोली’ बाट शुरु हुने साफ च्याम्पियनसीप प्रतियोगिताको खेल तालिका हेरफेर भएको छ । बिहीबार सार्वजनिक नयाँ तालिकामा समय मात्रै परिवर्तन गरिएको छ प्रतिस्पर्धी टिम भने यथावत नै छन् ।
नयाँ तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुने छ । उद्घाटन खेल १५ असोज ‘भोली’ नेपाली समयअनुसार दिउँसो ४ः३० बजे हुनेछ ।
यसअघिको तालिका अनुसार उद्घाटन खेल नेपाल र आयोजक माल्दिभ्सबीच हुने थियो । यस्तै शनिबार बंगलादेश र श्रीलंकाबीच दोस्रो खेल रहेको थियो ।
तालिका हेरफेरसँगै अब नेपालले शनिबार मात्रै प्रतिस्पर्धा गर्ने छ । नेपालले दोस्रो खेल नेपाली समय अनुसार ९ः३० बजे माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिता शुरु गर्ने छ । प्रतियोगिताको बाँकी खेल तालिकामा भने यथावत छ ।
च्याम्पियनसिपमा नेपालले दोस्रो खेल १८ असोजमा श्रीलंकाविरुद्ध खेल्नेछ । यस्तै नेपालले २४ असोजमा भारत र २७ असोजमा बंगलादेशविरुद्ध खेल्ने छ ।
५ टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । यसपटक प्रतियोगितामा भुटान र पाकिस्तानले सहभागीता जनाएका छैनन् ।
साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स – ६ असोज– राति ९ः४५ बजे
नेपाल भर्सेस श्रीलंका – १८ असोज– राति ९ः४५ बजे
नेपाल भर्सेस भारत – २४ असोज– राति ९ः४५ बजे
नेपाल भर्सेस बंगलादेश– २७ असोज– अपरान्ह ४ः४५ बजे
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
तपाइलाई किन कारबाही नगर्ने भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीसँग माग्यो लिखित जवाफ
फागुन ५, २०८१ सोमबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार