सन्दुकको अर्धशतकमा ललितपुरले दियो भैरहवालाई विशाल लक्ष्य
नेपालबहस संवाददाता
असोज १४, २०७८ बिहिबार २१:४४:४४
१४ असोज, काठमाडौं । सन्दुक विराक्कोडीको अर्धशतकमा एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’ टि ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियर्टलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार कीर्तिपुर टियु क्रिकेट मैदानमा जारी प्रतियोगिताको १०औं खेलमा टस हारेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएको हो ।
ललितपुरको उच्च स्कोर बनाउने क्रममा श्रीलंकाका ओपनिङ ब्याटरसमेत रहेका सन्दुक विराक्कोडीले सर्वाधिक ५८ रन बनाए । ४१ बल खेलेका सन्दुकले २ चौका र ५ छक्का प्रहार गरेका थिए ।
यस्तै अज्मतुल्लाह अमारजाईले ४२ रन बनाए । २२ बल खेल्दै बिष्फोटक ब्याटिङ गरेका अज्मतुल्लाहले २ चौका र ४ छक्का प्रहार गरेका थिए ।
ललितपुरका सन्दीप जोराले ३८ रन बनाए । रन आउट हुनुअघि सन्दीपले २५ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै ओशाडा फर्नान्डोले २० रन बनाए । ललितपुरका कप्तान कुशल भुर्तेल २ रनमा आउट भएका थिए ।
यता, टस जितेर बलिङ रोजेको शरद भेष्वाकरको भैरहवाको लागि अभिनाश बोहराले सर्वाधिक २ विकेट लिए । यस्तै धम्मिका प्रसाद, कृष्ण कार्की र आशिफ शेषले एक एक विकेट लिए ।
यसअघि एक जित र एक अंक बाँडेको भैरहवा ललितपुरलाई पराजित गर्दै शीर्षस्थानमा पुग्ने लक्ष्यमा रहेको छ । भैरहवाको २ खेलबाट ३ अंक रहेको छ । यता, लगातार दुई खेलमा पराजित ललितपुर पहिलो जितको खोजीमा रहेको छ ।
आज भएको पहिलो खेलमा चितवन टाइगर्सले काठमाडौ किङ्स इलेभनलाई ३ विकेटले पराजित गर्दै शीर्षस्थानमा स्थान बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
सञ्चालनमा आयो कमलादीमा भासिएको सडक
मंसिर २७, २०८१ बिहिबार
सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने
मंसिर २७, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
मंसिर २७, २०८१ बिहिबार
आज पनि म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
मंसिर २७, २०८१ बिहिबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार