भोलिबाट साफ च्याम्पियनसिप सुरु हुँदै, पाँच राष्ट्र मात्र सहभागी !
नेपालबहस संवाददाता
असोज १४, २०७८ बिहिबार २१:५३:४६
१४ असोज, काठमाडौं । कोरोना भाइरस महामारीबीच एक वर्ष धकेलिएको दक्षिण एसियाली प्रतिष्ठित साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३औँ संस्करण माल्दिभ्समा भोलिबाट सुरु हुँदै छ । हरेक दुई वर्षमा हुने साफ च्याम्पियनसिप कोरोनाकै कारण धकेलियो ।
खासमा यस पटक साफ आयोजना गर्ने बंगलादेशले जिम्मा पाएको थियो । कोरोना र मुख्य प्रायोजन लिएर धेरै दबाब खेप्न नसकेको बंगलादेश फुटबल फेडेरेसनले आयोजनाबाट नाम फिर्ता लियो । यसपछि नेपाल र माल्दिभ्सले साफ आयोजनाको लागि प्रस्ताव गरे । दुवै टोलीलाई केही सर्त राखियो ।
त्यसमा माल्दिभ्स नेपालभन्दा बलियो देखियो र दक्षिण एसियाली फुटबल महासंघ ९साफ०को कार्यसमिति बैठकले माल्दिभ्सलाई आयोजनाको स्वीकृति दियो । योसँगै १३औँ संस्करणको साफ १–१६ अक्टोबरसम्म माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुनेछ ।
यस पटक साफमा पाँच राष्ट्र मात्र सहभागी हुनेछन् । भुटानले कोरोना कारण सहभागी नहुने बताउँदा फिफाको प्रतिबन्धका कारण पाकिस्तानले सहभागिता जनाउने छैन । सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुने साफमा साविक विजेता माल्दिभ्स, साविक उपविजेता भारतसहित नेपाल, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । तालिकाको शीर्ष दुईमा रहने टोली दक्षिण एसियाली च्याम्पियन बन्नेछ ।
गत फागुनमा नेपालले मुख्य प्रशिक्षकमा कुवेती नागरिक अब्दुल्लाह अल्मुताईरीलाई भित्र्याउँदै साफको योजना र प्रशिक्षण सुरु गरेको थियो । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले अल्मुताईरीलाई आफ्नो मुख्यालयमा भित्र्याउँदै गर्दा उनले आफ्नो मूख्य लक्ष्य नेपाललाई साफको उपाधि दिलाउने बताएका थिए । उनले एन्फासँग सहयोग माग्दै खेलाडीलाई बढीभन्दा बढी अभ्यास दिन आग्रह गरे ।
त्यसयता, नेपाली टोली लगातार केही प्रतियोगिता, केही मैत्रीपूर्ण खेल, बन्द प्रशिक्षण र बन्द प्रशिक्षण क्रममा मैत्रीपूर्ण खेलमा रहेको छ । अब्दुल्लाहको आगमनसँगै नेपालले सात ठूला खेल खेलिसकेको छ । अब अब्दुल्लाहको प्रशिक्षणमा नेपालले खेल्ने साफ च्याम्पियनसिप सबैभन्दा महत्वपूर्ण प्रतियोगिता हो ।
हाल दक्षिण एसियाली फुटबलबाट माथि उठ्न नसकेको नेपाली टोलीको ‘टार्गेट’ नै साफ उपाधि रहने गर्दछ । नेपालले साफको १३औँ संस्करण आइपुग्दा हालसम्म उपाधि हात पार्न सकेको छैन । यति मात्रै हैन, नेपाल फाइनल नै पुग्न सकेको छैन । नेपाल सधैँ साफको उपाधि दाबेदारी रह्यो र उपाधिबिहीन पनि । यस क्रममा नेपालले १३ संस्करण नै खेलेको छ ।
त्यसैले मालेमा नेपाली टोलीको लक्ष्य मात्र उपाधि हुनेछ । यसबाट मूख्य प्रशिक्षक अब्दुल्लाहले कुनै बाहना पाउने छैनन् । सामाजिक सञ्जालमा आफ्ना शुभेच्छुकलाई पहिलो पटक साफ उपाधि जिताउने बनाउँदै गर्दा उनको वास्तविक परीक्षा शनिबार ‘पर्सी’बाट हुनेछ ।
मालेस्थित राष्ट्रिय रंगशालामा हुने साफ शुक्रबार ‘भोलि’ उद्घाटन हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा शनिबार आयोजक माल्दिभ्सको सामना गर्दै एउटा मिसन सुरु गर्नेछ । खेल राति पौने १० बजे सुरु हुनेछ ।
कतार भ्रमण
नेपाललको लागि कुवेती प्रशिक्षक हुन् अब्दुल्लाह अल्मुताईरी । तर, उनले प्रो लाइसेन्स कतार फुटबल संघबाट पूरा गरेका हुन् । यता, साफ माल्दिभ्समा हुँदैछ । हाल माल्दिभ्समा तापक्रमसमेत उच्च छ । यसैले नेपाली प्रशिक्षक अब्दुल्लाहले माल्दिभ्सको हावापानीसँग मिल्ने गरी नेपाली टोलीको बन्द प्रशिक्षण कतारमै राखे । नेपाली टोलीले १६ दिन कतारमा प्रशिक्षण गरेर २७ सेप्टेम्बर मात्र माले प्रस्थान गरेको हो ।
यसअघि नेपाली टोलीले पोखरा र काठमाडौंमा तयारी गर्दै साफ अघि भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ पहिलो खेल बराबरीमा समाप्त भएको थियो भने दोस्रो खेल भारतले आफ्नो पक्षमा पारेको थियो ।
एन्फाले समेत नेपाली टोलीलाई यस पटक प्राथमिकतामा राख्दै कतार भ्रमणमा पठाएको हो । मूख्य प्रशिक्षक अब्दुल्लाहको चाहना अनुसार नै नेपालले कतार भ्रमण पायो । अब्दुल्लाहले आफ्नै पहलमा स्थानीय एक क्लब र ओमान राष्ट्रिय फुटबल टोलीसँग नेपाली टोलीलाई मैत्रीपूर्ण खेल दिलाए ।
एक प्रकारले भन्दा नेपाली टोली कतारमा अझै मजबुद बनेको छ । विदेशी भूमिमा विदेशी प्रशिक्षकको साथ नेपाली टोलीले पहिलो पटक उच्च मनोबलका साथ प्रशिक्षण पूरा गरेको छ । कतार भ्रमण ठ्याक्कै कस्तो रह्यो भनेर शनिबार खेलले नै बताउनेछ ।
साफ उपाधिको आशा
प्रशिक्षक अब्दुल्लाहले आफ्नो पहिलो र दोस्रो पत्रकार सम्मेलन तथा भारतसँग खेल्दै गर्दा आफ्नो मूख्य लक्ष्य साफ च्याम्पियनसिप नै रहेको बताएका थिए । नयाँ खेलाडीलाई प्राथमिकतामा राख्दै टोलीको रणनीतिसमेत नयाँ बनाई अब्दुल्लाहले साफको उपाधि आशा देखाएका हुन् । यति मात्र हैन पछिल्लो नेपालको रणनीति काउन्टरमा गएको र नेपाली टोलीमा ‘वान टिम वान गोल’ नारा दिलाउने उनै अब्दुल्लाह हुन् ।
अब्दुल्लाहबाट नेपाली टोलीले धेरै नै आशा गरेको छ । यति मात्र हैन पछिल्लो समयमा उनै अब्दुल्लाहले सामाजिक सञ्जालमा एक प्रकारको आफ्नो शुभेच्छुक जम्मा गरेका छन् ।
पछिल्लो समय केही विवादमा परेका अब्दुल्लाहलाई साफबाट आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती रहेको छ । अब्दुल्लाहले आफैँ कार्यरत संस्थाको वरिष्ट उपाध्यक्ष पंकज नेम्वाङको बदनाम गरेका छन् । यस्तै नेपालका पूर्वखेलाडीलाई आरोप लगाएका छन्, उपाधि जित्न नसकेको भनेर ।
यी तमाम विषयका बीच अब्दुल्लाहले उपाधि हात पार्न सके उनी नेपालका लागि सबैभन्दा उत्कृष्ट र सफल प्रशिक्षक गनिनेछन् । साफको १३औँ संस्करण शुक्रबारबाट सुरु हुँदै गर्दा सम्पूर्ण नेपालीको आशा छ । यो युवा टोली र प्रो लाइसेन्स प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीलाई पहिलो पटक उपाधि दिलाउनेछन् ।
अलमुताइरीको प्रशिक्षणमा नेपालको नतिजा
नेपाल २ – ६ इराक – मैत्रीपूर्ण खेल
नेपाल २ – ० चाइनिज ताइपेई – विश्वकप छनोट
नेपाल ० – ३ जोर्डन – विश्वकप छनोट
नेपाल ० – ३ अस्ट्रेलिया – विश्वकप छनोट
नेपाल १ – १ भारत – मैत्रीपूर्ण खेल
नेपाल १– २ भारत – मैत्रीपूर्ण खेल
नेपाल २– ७ ओमान – मैत्रीपूर्ण खेल (फिफा आधिकारिक्ता नपाएको)
साफमा नेपालको खेल– समय
नेपाल भर्सेस माल्दिभ्स – असोज १६ गते – राति ९ः४५ बजे
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९ः४५ बजे
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९ः४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४ः४५ बजे
नेपाली टिम
गोलकिपर – किरणकुमार चेम्जोङ (कप्तान), विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डर – दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द
मिडफिल्डर – तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा, विशाल राई, सुनील बल, सुरज जिउ ठकुरी, नितिन थापा, पुजन उपरकोटी
स्ट्राइकर – नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आशिष लामा
माल्दिभ्सविरुद्ध नेपालको सम्भावित प्लेइङ सेट
गोलरक्षक – किरणकुमार चेम्जोङ
डिफेण्डर – दिनेश राजवंशी, अनन्त तामाङ, रोहित चन्द, गौतम श्रेष्ठ,
मिडफिल्डर – तेज तामाङ, आयुष घलान, सुजल श्रेष्ठ
स्ट्राइकर – सुमन लामा, मनिष डांगी, नवयुग श्रेष्ठ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार