दसैँमा फर्किनेको कोरोना परीक्षण अनिवार्य
नेपालबहस संवाददाता
असोज १४, २०७८ शुक्रबार ४:३:४०
१४ असोज, बैतडी । दसैँ नजिकिएसँगै रोजगारीका लागि देशबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पनि घर फर्किनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ ।
रोजगारीका लागी भारतका विभिन्न सहरमा रहेका नेपाली मजदुर दसैंका लागि घर फर्किरहेका छन् । झुलाघाट नाका भएर हाल दैनिक ७० जनाभन्दा बढी नेपाल भित्रिने गरेका सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । सामान्य समयमा दैनिक झण्डै ३० जना फर्किने गरेका थिए । झुलाघाट नाकाभएर दिनहुँ नेपाल भित्रिनेको सङ्ख्या बढ्दै गएको छ ।
उक्त नाका भएर स्वदेश फर्किने नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले सीमा नाकामा परीक्षण अनिवार्य गरिएको हो । उनले भने, “नाकामै हेल्थ डेस्क स्थापना गरेर परीक्षण गरिरहेका छौँ ।”
हेल्थ डेस्क स्थापना गरी उनीहरुको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको छ । झुलाघाट नाकाभएर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका साथै कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोटलगायतका नागरिक आवतजावत गर्ने गर्दछन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा यहाँका नागरिकलाई रोजगारीका लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ । जिल्लामा हाल १७ कोरोनाका सक्रिय सङ्क्रमित छन् हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार