बाँकेमा चाडपर्व लक्षित सुरक्षा योजना लागू
नेपालबहस संवाददाता
असोज १४, २०७८ शुक्रबार ४:१४:१०
१४ असोज, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वका बेला हुने सम्भावित घटनालाई लक्षित गरी एकीकृत सुरक्षा योजना लागू गरेको छ । दसैँ, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगीलगायत आपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।
उनका अनुसार, एकीकृत सुरक्षा योजनाअन्तर्गत विशेष टोली परिचालन गरिएको छ । मूलतः जिल्लाको भारतीय सीमा नाका जमुनाहादेखि कोहलपुरसम्म सुरक्षा निगरानी बढाइएको छ । यसैगरी प्रशिक्षित कुकुरसहित सादा पोशाकका झण्डै १५० प्रहरीसमेत परिचालन गरिने जनाइएको छ भने नागरिकको सुरक्षाका लागि जमुनाहा नाकादेखि कोहलपुरसम्म विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
त्यस्तै राजमार्ग क्षेत्रमा ‘रिफ्रेस सेन्टर’ स्थापना र ‘सरप्राइज चेकिङ’को व्यवस्था गरिएको जनाइएको छ । स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गर्ने विषयलाई समेत सुरक्षा योजनामा समेटिएको छ । अर्कोतर्फ जिल्ला प्रहरी कार्यालय बाँकेले सर्वसाधारणका लागि आज एक सूचना जारी गर्दै यात्रा गर्दा वा अन्य जुनसुकै अवस्थामा अपरिचित व्यक्तिले दिएको कुनै पनि वस्तु नखान, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन आग्रह गरेको छ ।
नागरिककले चाडपर्वमा अनावश्यक गरगहनाको प्रदर्शन तथा गरगहना लगाएर एक्लै हिँडडुल नगर्न, रातको समयमा सुत्नुअघि झ्याल ढोका राम्रोसँग बन्द गर्नसमेत आग्रह गरिएको प्रवक्ता न्यापानेले बताए । कोरोना जोखिमलाई न्यूनीकरण गर्न स्यानिटाइजर तथा मास्कको प्रयोग र सामाजिक दूरीको पालना गरी चाडपर्व मनाउनसमेत प्रहरीले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
३१ हजार मतदाता रहेको कीर्तिपुर नगरपालिकामा १२ बजेभित्र ११ हजार मत खस्यो
मंसिर १६, २०८१ आइतबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार