प्रेसिडेन्सियल बिजनेश स्कुलमा स्टार्टअप एण्ड इन्नोभेसन फेस्ट हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज १५, २०७८ शुक्रबार १७:१९:८
![](https://nepalbahas.prixacdn.net/media/albums/Mentoring-session-ict_vOTZDRPm1M.jpg)
१५ असोज, काठमाडौं । स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले भाेली (असोज १६ गते) काठमाडौंको प्रेसिडेन्सियल बिजनेश स्कुलमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन फेस्टको आयोजना हुने भएको छ ।
लिभिङ विथ आइसिटीको आयोजना तथा एफवान सफ्टको मुख्य सहकार्यमा भइरहेको आइसिटी अवार्ड २०२१ अन्तर्गत उत्कृष्ट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरूको फेस्टमा सहभागिता रहनेछ ।
आइसिटी अवार्डको छैटौं संस्करण अन्तर्गत केही समयअघि अनलाइन आवेदन खुल्ला गरिएको थियो । विभिन्न ११ विधामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको र त्यसमध्ये स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा दुई चरणको छनौटपश्चात् छानिएका उत्कृष्ट १० प्रतिस्पर्धीहरूले फेस्टमा आफ्नो प्रडक्ट तथा इन्नोभेसन प्रस्तुत गर्नेछन् ।
प्रदर्शनीमा ४० बढी स्टार्टअप तथा इन्नोभेसनको स्टल रहनेछ । फेस्ट अन्तर्गत नै शुक्रवार मेन्टरिङ सेसनसमेत सञ्चालन गरिँदैछ । नेपाल आन्टरप्रेनर्स हबका सहसंस्थापक सुमन शाक्य, हाम्रो पात्रोका संस्थापक शंकर उप्रेती र एप्लाईजबका अध्यक्ष राजेन्द्र गिरीले स्टार्टअपहरूलाई मेन्टरिङ गर्नेछन् ।
एफवान सफ्ट आइसिटी अवार्ड २०२१ इन एसोसिएसन विथ जिनस, पावर्ड वाई ह्वावे कार्यक्रममा विभिन्न ३ विधामा उत्कृष्ट १० तथा ११ को नाम घोषणा गरिएको छ । आइसिटी अवार्डको जुरी समितिले स्टार्टअप आइसिटी अवार्ड उत्कृष्ट १० तथा राइजिङ स्टार इन्नोभेसन र प्रोडक्ट आइसिटी अवार्डको उत्कृष्ट ११ को नाम सार्वजनिक गरेको हो ।
जुरी समितिले विभिन्न चरणको मूल्यांकन पश्चात् उत्कृष्ट १० र ११ को घोषणा गरेको हो । लिभिङ विथ आइसिटी आयोजना गरेको आईसिटी अवार्डमा सूचना प्रविधि क्षेत्रका १२ जना विज्ञहरूको जुरी समिति र १५ जनाको विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ ।
स्टार्टअप आइसिटी अवार्डको उत्कृष्ट १० मा बगभी सफ्टवेयर टेक्नोलोजिज प्रालि, दुल्वा एक्सपेन्डिचर, हाम्रो लाइफ बैंक, हाउस अफ बुक्स प्रालि, काल्की आईओटी सोलुसन प्रालि, खेती भेन्चर्स प्रालि, निर्माण साथी टेक्नोभेसन प्रालि, पु¥याउ सर्भिस प्रालि, सजिलो ट्रिप प्रालि, युजी बजार प्रालि पर्न सफल भएका छन् ।
त्यस्तै राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डको उत्कृष्ट ११ मा एग्रिक्लियर, आस्क म्याटरब, डिजिज प्रेडिक्सन इन मेज प्लान्ट, इन स्याट, आईओटीमा आधारित इकोनोमिकल एयर प्युरिफायर, मेडिकोज इन्टरनेशनल, मुशुर, ओपन पास्ट पेपर, पीके एग्रो ब्लकचेन र रेन्ट अन बाईक परेका छन् ।
प्रडक्ट आईसिटी अवार्डको उत्कृष्ट ११ मा बाटो, बगभी, आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट प्रालि, खेती फुड एप एण्ड खेती फार्म एप, मिखा, एनआईसी एशिया आईसर्भ, प्यान्टस्याट, राहत, सायक, स्मार्ट वेल्थ प्रो र युजी बजार रहेका छन् ।
उत्कृष्ट १० मा पर्न सफल सहभागीहरूले स्टार्टअप एण्ड इन्नोभेसन फेस्टमा सहभागी हुन पाउनेछन् । यसैगरी प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनमा सहभागी भएर उत्कृष्ट ५ छानिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट ५ बाट सर्वोत्कृष्ट छनौट गर्न पब्लिक भोटिङ र फिल्ड भिजिट पनि सञ्चालन हुनेछ । यसैगरी अन्य ८ विधामा जुरी समितिले विभिन्न चरणमा छनौट प्रक्रिया अघि बढाउनेछ ।
आइसिटी अवार्डमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डका अन्य विधाहरूमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् ।
यसैगरी डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, डिजिटल सर्भिसेस आइसिटी अवार्ड र डिजिटल एजुकेशन आइसिटी अवार्ड पब्लिक र प्राइवेट सेक्टर रहेका छन् । आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले कार्यक्रम डिसेम्बर १७ को दिन सोल्टी होटलमा आयोजना हुनेछ ।
यस वर्ष अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म विनाधितो सहुलियत ऋण सुविधा, स्टार्टअप र आइडियामा लगानीको अवसर र अन्य महत्वपूर्ण सेवा तथा सुविधाहरू प्राप्त गर्नेछन् । पावर्ड वाई स्पोन्सर ह्वावेले स्र्टाअप आइसिटी अवार्ड विधाको विजेतालाई ३ लाख बराबरको हुवावेका महत्वपूर्ण सेवाहरू प्रदान गर्नेछ ।
यस वर्ष आइसिटी अवार्डको शीर्ष प्रायोजक एफवान सफ्ट, इन एसोसिएसन विथमा जिनस, पावर्ड वाई ह्वावे, बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंक, नलेज पार्टनर प्रेसिडेन्सियल विजनेश स्कुल, साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइज, इन्टरनेट पार्टनर डिसहोम फाइबर, कम्युनिटी पार्टनर हाम्रो पात्रो रहेका छन् ।
कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, एनएमबी बैंक लगायतको सहकार्य तथा सहयोग रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले समुद्रको ६,५६० फिट मुनी बनाउन थाल्यो ‘डिप सि स्टेशन’
फागुन ६, २०८१ मंगलबार
जोन म्याकफल विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्री बन्ने
फागुन ४, २०८१ आइतबार
चन्द्रयानः३ को नयाँ खोज, चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष रहेको खुलासा
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार
भारतका विश्वविद्यालयमा नेपाली विद्यार्थी असुरक्षित भएकै हुन् ?
फागुन ६, २०८१ मंगलबार
लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
फागुन ६, २०८१ मंगलबार
सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
फागुन ६, २०८१ मंगलबार