डोटी र बाजुरका शिक्षकलाई विपद् जोखिम न्यूनीकरण तालिम
नेपालबहस संवाददाता
असोज १५, २०७८ शुक्रबार २१:५२:२१
१५ असोज, डोटी । सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले डोटी र बाजुराका गरी कूल २५ विद्यालयका सम्पर्क शिक्षकका लागि तीनदिने ‘विपद् जोखिम न्यूनीकरण’ तालिमको आयोजना गरेको छ ।
उक्त संस्थाको सामुदायिक उत्थानशीलता सुदृढीकरण परियोजनामार्फत सम्पर्क शिक्षकका लागि विपद् जोखिम न्यूनीकरण बृहत् विद्यालय सुरक्षा कार्य ढाँचा तथा जलवायु परिवर्तनसम्बन्धी तालिमको दीपायलमा आयोजना गरिएको हो ।
तालिममा जिल्लाका बोगटान फुड्सिल र जोरायल गाउँपालिका तथा छिमेकी जिल्ला बाजुराको बूढीगङ्गा नगरपालिकाका २५ माविका विपद् जोखिम न्यूनीकरण सम्पर्क शिक्षक सहभागी भएको परियोजनाका अनुगमन मूल्याङ्कन जवाफदेही अधिकृत मायाकुमारी बमले जानकारी दिए । उनका अनुसार उक्त तालिममा विद्यालयमा हुने प्राकृतिक विपद् तथा जोखिमबाट बच्नका लागि गर्न सकिने कार्यको अवलम्बन गर्न तथा क्षमता विकासलगायत विषयमा जानकारी दिइने भएको छ ।
उक्त तालिम समापनपश्चात् विद्यालय सुरक्षा योजना निर्माण गरी कार्यान्वयन गरिने लक्ष्य लिइएको सामुदायिक विकास मञ्चका अध्यक्ष खडकराज शर्माले बताए । तालिममा सहभागी शिक्षकहरुले विद्यालयले तयार गर्ने विद्यालय सुरक्षा योजनामा सहयोग गर्ने उनको भनाइ छ । उक्त तालिमको सहजीकरण देवेन्द्र गुरुङ र सामुदायिक उत्थानशीलता सुदृढीकरण परियोजनाका संयोजक विवेक गौतमले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार