ज्येष्ठ नागरिकलाई एउटामात्र भर वृद्धा भत्ताको
नेपालबहस संवाददाता
असोज १५, २०७८ शुक्रबार २३:३७:१३
सुधा देव
१५ असोज, सप्तरी । सप्तरी महुवाकी ६१ वर्षिया रेणुदेवी मिश्रलाई वृद्धा भत्ताको भर छ। ४ छोरी र २ छोराकी आमा रेणु एकल भएको ७ वर्ष भयो । श्रीमान बितेदेखि उनको हातमा पैसा दिने कोही छैन ।
उनको चारवटै छोरीको विवाह भइसकेको छ । उनीहरू पनि शिक्षित नभएर श्रीमानको भर पर्नु परेको छ । एउटा छोरा विवाहिता भएकोले बुहारी र नातिलाई पाल्दै ठिक्क छ ।
पैसा आउने कुनै बाटो छैन । एकल महिलालाई दिँदै आएको भत्तामा भर पर्नु परेको उनी बताउँछिन् । उनले भनिन्, ‘झचामल किन्ने बाहेक हरेक किनमेल यही पैसा बाट गर्छु । औषधि, मन लागेको खानेकुरा, लुगा किन्ने,नातिनातिनाको खर्च पनि यतैबाट चलाइरहेकी छु ।’
उनी कहिले पैसा आउने, कति आउँने भन्दै कयौं पटक सोधिसकेको छिमेकी निलु झाले बताइन् । उनको आशा र भरोसा नै वृद्धा भत्ता भएको निलुको भनाइ छ ।
राजविराज ७ कि ७४ वर्षिया फुलेश्वरीदेवी यादव कृषक हुन् । उनको खेतीयोग्य जग्गा १० कठ्ठा भए पनि तीन छोराले भाग लगाएर बाँडे । उनको पतिको मृत्यु भएको ६ वर्ष भयो । उनलाई तीनै जना छोराले पालैपालो चार चार महिना बस्न भने । उनी त्यसै गर्न लागिन् । उनलाई सबै छोराले गाई भैंसी चराउने, घाँस काट्न लगाउन थाले । उनलाई काम गर्न नसक्दा दुईछाक पेट भर्न काम गर्नै पर्ने बाध्यता थियो ।
उनले दुई वर्ष साह्रै दु: ख गरिन् । उनी ७० वर्ष पुगेपछि मासिक तीन हजारको दरले चार महिनामा १२ हजार रूपैयाँ पाउन थालिन् । उनले भनिन्, ‘झवृद्धा भत्ता पाउन थालेपछि मात्र जन्मदेखिको सबैभन्दा बढी सुख पाए ।’
सम्झना भएदेखि माइतीमा, बिवाह भएपछि घरमा, घरको काममात्र नभएर मजदुरी गर्नु पर्थ्यो। मजदुरी गर्दा पनि उनले पैसा नपाएर धान पाउँथिन् । उनले थपिन्, झआफ्नो हातमा पैसा आएको र आफ्नो इच्छाले खर्च गरेको थाहा छैन । वृद्धा भत्ता आउने वित्तिकै खाद्यान्न, औषधि आफै किन्छु । कुनै छोराछोरीको भर छैन । एउटामात्र भर वृद्धा भत्ताको छ ।ञ वृद्धाभत्ताबाट आफ्नो जिविकोपार्जन आनन्दले चलाएर बसेको उनको भनाइ छ ।
राजविराज नगरपालिका २ कि ७० वर्षिया सावित्री देवी चौधरीले भनिन्, झवृद्धा भत्ताले ज्येष्ठ नागरिकलाई परिवारबाट इज्जत र सम्मान दिलाएको छ ।उनीहरूको हरेक इच्छा, आकांक्षा पूरा गर्न सहयोग गरेको छ ।ञ जीवनको आनन्द लिएर सुखले बाच्नले सिकाएको चौधरीको भनाइ छ ।
ज्येष्ठ नागरिक संघ सप्तरीका सचिव बैद्यनाथ झा भन्छन्, झवृद्धाभत्ताले ज्येष्ठ नागरिकको हिम्मत बढेको छ । बाँच्ने आश पलाएको छ । विपन्न ज्येष्ठ नागरिकले पनि वृद्धा भत्ताबाट आएको रकम हरेक समस्या टारेर सुखको जीवन बिताउँदै छन् । परिवारबाट उनीहरूमाथि हुने हिंसा पनि घटेको धारणा सचिव झाको छ ।
उनी थप्छन्, ‘सम्पन्न परिवारका ज्येष्ठ नागरिकले पनि औषधि उपचार र व्यक्तिगत खर्चका लागि कसैसँग हात फैलाउनु पर्ने बाध्यता छैन ।’ २०६८/०७९ को बजेट भाषणमा सरकारले ज्येष्ठ नागरिकको लागि मासिक ४ हजार दिने घोषणापछि ज्येष्ठ नागरिकहरू अझै हर्षित भएको नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार