घर परिवार सूचीकरण कार्य १० प्रतिशत बाँकी
नेपालबहस संवाददाता
असोज १५, २०७८ शनिबार १:१:२२
१५ असोज, काठमाडौं । बैतडीमा राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत घर तथा घर परिवार सूचीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । घर तथा घर परिवार सूचीकरणका लागि त्यहाँका गाउँगाउँमा सुपरिवेक्षक खटाइएकोमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी १० प्रतिशत पनि छिट्टै सक्ने जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
सूचीकरणका लागि गत भदौ ३० देखि ८० जना सुपरिवेक्षक गाउँगाउँमा परिचालन गरिएका हुन् । उनले भने, “सुपरिवेक्षकले गर्ने सूचीकरणको काम अन्तिम चरणमा छ, हालसम्म ३५ हजार परिवार सङ्ख्या दर्ता भइसकेको छ ।” असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको गणनामा घर र जनगणना परिवार सङ्ख्या गणना गर्ने काम भइरहेको प्रमुख पन्तले बताए । उनले भने, “पहिलो चरणमा मुख्य गरी घर तथा परिवारको गणनाको काम भइरहेको छ ।”
यसका साथै घरको विवरण, घरमूलीको नाम, घर कुन प्रयोजनामा रहेको छ, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० प्रश्न सुपरिवेक्षकले सोध्ने गरेका छन् । गाउँगाउँमा परिचालन गरिएका सुपरिवेक्षकलाई सङ्कलन गरेको तथ्याङ्क भर्नेमा भने समस्या भइरहेको पन्तले बताए । भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको छ । उनले भने, “सुपरिवेक्षकले मोबाइल एपको सहायताले कार्यस्थलबाटै दैनिक विवरण भर्ने गर्नुपर्छ, तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या हुँदै आएको छ ।”
सदरमुकामस्थित दशरथचन्द नगरपालिकाबाहेक अन्य स्थानीय तहमा खटिएका सुपरिवेक्षकलाई तथ्याङ्क भर्न समस्या देखिएको हो । विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा ४५ हजार परिवार सङ्ख्या छ । पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कको आधारमा मूल गणना गरिने कार्यालयले जनाएको छ । मूल गणना अगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ । सरकारले प्रत्येक १०/१० वर्षमा जनगणना गर्ने गर्दछ । यसपालिको जनगणना ‘मेरो गणना, मेरो सहभागिता : राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ भइरहेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार