नेपाल मास्क अभियानमा सानो पाइलाको ऐक्यबद्धता, १ लाख मास्क वितरण गर्ने
नेपालबहस संवाददाता
असोज १६, २०७८ शनिबार १५:२४:२९
१६ असाेज, पर्सा । कोरोना भाइरस संक्रमणको दर न्युनभएपनि जोखिम सकिएको छैन । बढ्दो चहलपहलले तेस्रो लहरको संक्रमण आउनसक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी छ । यस्तो अवस्थामा आफू र आफ्नालाई सुरक्षित राख्न आधारभुत स्वास्थ्य सावधानीहरु अवलम्बन गर्न आनाकानी गर्नु हुदैन । चाडपर्वहरुको बेलामा त संक्रमणको सम्भावना अझै बढी हुने हुँदा मास्क अनिवार्य रुपमा लगाउनुपर्छ । मास्कको नियमित प्रयोगले कोरोना मात्र नभई अन्य रोगहरुको संक्रमण हुनबाट पनि जोगाउँछ । संक्रमण भईहाले पनि अन्य व्यक्तिहरुमा संक्रमण सर्ने सम्भावना मास्कको प्रयोगले न्युन हुन्छ ।
मास्कको अपरिहार्यतालाई महशुस गर्दै नेपाल सरकारले सुरु गरेको नेपाल मास्क अभियानमा हामी, सानो पाइलाले, ऐक्यबद्धता जनाएका छौं । ऐक्यबद्धता स्वरुप हामीले प्रदेश २ का सहित विभिन्न जिल्लाहरुमा १ लाख मास्क बाँड्ने भएका हो । शुक्रबार एक कार्यक्रमकाबीच हामीले १ लाख मास्क वितरण अभियानको औपचारिक घोषणा गरिसकेका छौं । सानो पाइलाका सभापति सुदीपकुमार लामाको सभापतित्वमा भएको घोषणा कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा, संस्थाकी सचिव डा. सुष्मा तिवारी द्विवेदी, सञ्चारकर्मी सूर्य नारायण वि.क.लगायतकाको उपस्थितीे थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले मास्क अभियानलाई निरन्तरता दिनुपर्ने बताए । सर्वसाधारणले मास्क लगाउन बिर्सिसकेको अवस्थामा खबरदार गराउनुका साथै सचेतना फैलाउनुपर्ने सहायक प्रजिअ पौडेलको भनाई थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पाण्डेले आफु र अरुको सुरक्षाका लागि मास्क अनिवार्य लगाउन सुझाव दिएका थिए । प्रहरी उपरीक्षक पाण्डेले, ‘अहिले हामी सबैले मास्क लगाउन बिर्सिसकेका छौँ । यसले लापरवाही बढेको स्पष्ट हुन्छ ।’
संस्थाका संस्थापक कञ्चन झाले सानो पाइलाले नेपाल मास्क अभियानलाई सफल पार्नका १ लाख मास्क वितरण गर्ने लक्ष्य लिएको बताए । आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्नका लागि जनचेतना जगाउने अभिप्रायले निःशूल्क मास्क वितरण गरिएको झाको भनाई थियो । यसअघि पनि अन्य सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको संस्थाले आगामी दिनमा पनि समाज र सामाजिक प्राणिको हितमा हुने कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता पनिझाले व्यक्त गरे ।
यसैबिच समापन मन्तव्य व्यक्त गर्दै संस्थाका समापति लामाले कोरोना मात्र नभई अन्य रोगहरुको संक्रमणबाट जोगाउन र फैलिनबाट रोक्न मास्कको नियमित प्रयोग गर्नुपर्नेमा जोड दिए । सरकारले सुरु गरेको अभियानको प्रशंसा गर्दै उनले समुदाय प्रतिको अभियानमा आफूहरु सदैव समर्पित रहिरहने बताए । १ लाख मास्क वितरण गर्ने अभियान अन्र्तगत घण्टाघरमा मोटरसाइकल चालक, सवारी चालक, पैदल यात्रुलगायत गरी १ हजार मास्क वितरण गरिएको संस्थाकी स्विटी चौरसियाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार