एनभिएः महिलातर्फ पुलिसलाई पराजित गर्दै आर्मी तेस्रो
नेपालबहस संवाददाता
असोज १६, २०७८ शनिबार १७:१६:५३
१६ असोज, काठमाडौं । छैठौं एनभिए क्लब भलिबल च्याम्पियनसिप महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ । सेमिफाइनलमा विभागीय टोली एपिएफसँग पराजित हुँदै फाइनल पुग्न नसकेको आर्मीले नेपाल पुलिस क्वबलाई पराजित गर्दै तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिताको शनिबार बिहान भएको खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–२०, दोस्रो सेटमा २५–१७ तथा तेस्रो सेट पनि २५–१७ ले नै आर्मीले पुलिसलाई पराजित गरेको छ ।
साविक विजेता न्यू डायमन्डसँग सेमिफाइनलमा पराजित हुँदै तेस्रो स्थानमा प्रतिस्पर्धाको मौका पाएको पुलिस साविक उपविजेता हो । महिलातर्फको फाइनलमा साविक विजेता न्यू डायमन्ड र विभागीय टोली एपिएफ क्लब आज दिउँसो १ बजे भिड्दै छन् ।
च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान चार लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोश्रोले दुई लाख र तेश्रोले एक लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार