न्यु डायमण्डले जित्यो एनभीए भलिबल च्याम्पियनसिपको उपाधि
नेपालबहस संवाददाता
असोज १६, २०७८ शनिबार २०:५६:४७
रमेश सुबेदी
१६ असोज, काठमाडौं । न्यु डायमण्ड एकेडेमीले एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि हात पारेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड विजयी भएको हो ।
राष्ट्रिय टोलीका खेलाडीले भरिएको एपीएफविरुद्ध न्यु डायमण्डले पुनरागमन जित निकालेको थियो । न्यु डायमण्डको जितमा प्रतिभा माली, अरुणा शाही, ललिता नाथ, झरना श्रेष्ठ, बाल्मिका आचार्यले उत्कृष्ट प्रदर्शन गरे ।
पहिलो सेट २४(२६ ले गुमाएको न्यु डायमण्डले बाँकी सेटमा पुनरामगम गर्दै २५-२१,२५-१७ र २५-१५ ले जितेको हो । जितसँगै च्याम्पियन न्यु डायमण्डले ४ लाख हात पारेको छ । उपविजेतामा सीमित एपीएफले २ लाख पायो । यस्तै तेस्रो भएको आर्मी क्लबले १ लाख प्राप्त गर्यो ।
आज बिहानै भएको तेस्रो स्थानको खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । यसअघि न्यु डायमण्डले सेमिफाइनलमा नेपाल पुलिस र एपीएफले आर्मीलाई समान ३-२ को सेटमा हराएका थिए ।
अघिल्लो सिजन न्यु डायमण्डले एपीएफलाई नै पराजित गर्दै एनभीए लिग भलिबलको उपाधि हात पारेको थियो । केही समयपछि पुरुषतर्फको फाइनल खेल हुँदैछ । उपाधिको लागि हेल्प नेपाल र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार