फिल्म ‘चोर र पुलिस’को टिजर सार्वजनिक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
असोज १६, २०७८ शनिबार २१:२८:११
![](https://nepalbahas.prixacdn.net/media/albums/Chor-Police-poster-1-1_BI01HPOeCP.png)
१६ असोज, काठमाडौं । तिहारको अवसर पारेर प्रदर्शन गर्न लागिएको फिल्म ‘चोर र पुलिस’ को टिजर शुक्रबार सार्वजनिक गरिएको छ । आरएल मोक्तानको निर्देशनमा बनेको फिल्म १७ कात्तिकमा देशभरका हलमा प्रदर्शन हुने वितरक आरआर फिल्मस्का रोहित कट्टेलले जानकारी दिए ।
कोरोनाका कारण लामो समय बन्द रहेका सिनेमा हल दशैँको छेकोमा सञ्चालन आउने भएपछि निर्माताहरुले आफ्नो फिल्म प्रदर्शनको मिति तोक्न थालेका छन् । सोही सन्दर्भमा तिहारका लागि ‘चोर र पुलिस’ तयार गरिएको निर्देशक आरएलले बताए ।
मान्छेले नचाहँदा नचाहँदै पनि चोर बन्नुपर्ने परिस्थितिलाई रोचक रुपमा प्रस्तुत गरिएको बताइने फिल्ममा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिशन बस्नेत, रबि गिरी, सोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राया, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राई (भाले डन) लगायतको अभिनय छ ।
आर सोनाम मोक्तान र लंका माया मोक्तान निर्माता रहेको फिल्मको सहनिर्मातामा करणबहादुर बिष्ट छन् । खड्क लामा मोक्तानको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा जीवन लामा छन् । निर्देशक आरएल कोरोनाका कारण ठप्प रहेको नेपाली फिल्म उद्योगलाई आफ्नो फिल्मले थोरै भए पनि राहत दिन सक्ने विश्वास ब्यक्त गर्दै सबैको साथ सहयोग पाउने आशा राखेको बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार