११ दिनदेखिको अनशन स्थगित, शेखर कोइरालासहितका कांग्रेस नेताहरुद्धारा आमसभालाई सम्बोधन
यज्ञप्रसाद भट्टराई
असोज १७, २०७८ आइतबार २२:५४:८
१७ असाेज, डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा ११ दिनदेखि जारी रिले अनशन स्थगित भएको छ । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइराला र अर्जुननरसिंह केसीसहितकोे नेतृत्वमा आज डडेल्धुरा पुगेको केन्द्रीय नेताहरुको विशेष अनुरोधमा अनशन स्थगित भएको हो ।
देउवा पक्षले क्रियाशील सदस्यताको विवादका बीच एकपक्षीय वडा अधिवेशन गराएपछि सभापति कर्णबहादुर मल्लसहितले बहिष्कार गरेका थिए । डडेल्धुरा कांग्रेसका कार्यवाहक सभापति करुणाकर भट्टसहितका नेता कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा ११ दिनदेखि रिले अनशन गर्दै आएका थिए । पुनः वडा अधिवेशन गराउन माग गर्दै अनशनरत नेता कार्यकर्ताले अनशन स्थगित गरेका हुन् ।
पार्टीभित्र देउवाको दादागिरी बिरुद्ध अहिले संस्थापन ईतर पक्ष भनेर चिनिएको वरिष्ठ नेता पौडेल समूहका वरिष्ठ नेताहरु जिल्लाका नेता तथा कार्यकर्ताहरुको भावना र चाहाना साथै वास्तविक बस्तुस्थिति बुझ्न सभापति एवम् प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरा गएका हुन्।डडेल्धुरा पुग्ने नेताहरुमा अर्जुननरसिंह केसी, गगन थापा, गुरुराज घिमिरे, नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष केशव सिंह र राजनीतिक विश्लेषक पुरञ्जन आचार्य रहेका छन् ।
केन्द्रीय नेताहरुले देउवाको गृह जिल्ला पुगेर अनशन तोडाउँदै पार्टीभित्रको बेथितिविरुद्ध केन्द्रीयस्तरमै लडाई भइरहेको र त्यसैअन्तर्गत डडेल्धुराको विवाद समेत समाधान हुने आश्वासन दिएका छन् । अनशन तोडिएपछि नेताहरुले पौडेल समूहले गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
डडेल्धुरामा २५ भदौमा देउवा पक्षले वडा अधिवेशन गराएको थियो । तर जिल्ला सभापति मल्ल समुहले भने जिल्लाबाट विधानबमोजिम सिफारिस गरी पठाएका ४६० जना क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाट नयाँ सदस्य थप गरिएको भन्दै वडा अधिवेशन बहिष्कार गरेको थियो।
डडेल्धुराको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नै पुनः अधिवेशन हुनुपर्ने माग गर्दै आएको छ । नेता पौडेलले पनि आइतबार विज्ञप्ति जारी गर्दै डडेलधुराका नेता कार्यकर्ताको मागमा आफ्नो पनि समर्थन रहेको बताएका थिए । देउवा पक्षले भने अर्को पक्षको सहभागिता बिनै पालिका तहको अधिवेशन समेत गरिसकेको छ ।
डा. कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर लैजान बिगतमा देउवाद्वारा एकलौटी बाँडिएका क्रियाशील सदस्यतामा समेत बिरोध जनाएनन् । पार्टीको नेतृत्वमा जो आएपनि कांग्रेस कै नेताहरु आउने भन्दै ठुलो छाती बनाएका डा. शेखरप्रति देउवा पक्षका भनेर आफुलाई चिनाउन चाहने अवसरवादी नेताहरु भने सन्तुष्ट देखिदैनन् । यसले पनि आगामी चौधौ महाधिवेशनमा कांग्रेसको नेतृत्व परिवर्तन होला भन्ने विषयमा आशा गर्ने ठाउँहरु साँघुरिदै गैरहेका छन् ।
डा. कोइरालाका स्वकिय सचिव दिनेशचन्द्र थपलियाका अनुसार कांग्रेस नेताहरु आइतवार काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका हुन् । देउवाको गृह जिल्ला डडेल्धुरामा जिल्ला कार्यसमितिको असहमतिका बीच गाउँपालिका ÷नगरपालिका वडा अधिवेशन गरिएको थियो र उक्त अधिवेशनमा सभापति पक्षधरहरुबाट व्यापक रुपमा धाँधली गरिएको आरोप समेत लगाईएको छ ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवाले डडेल्धुरामा प्रशासनिक शक्तिको दुरुपयोग गरेर अधिवेशन गराएको पनि आरोप रामचन्द्र पौडेल पक्षधरहरुले लगाएका छन् । पौडेलले प्रशासनिक शक्तिको दुरुपयोग गरेर वडा अधिवेशन गराएकाले त्यसलाई बदर गर्नुपर्ने कुरा समेत जोडदार रुपमा उठाईरहेका छन् । पटक पटक कांग्रेसको इतिहासमै आन्तरिक निर्वाचनमा शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक भएको पौडेल समुहको आरोप छ।
यसैगरि नेपाली कांग्रेस डडेल्धुराले पनि यसअघि नै एकलौटी रुपमा गरिएको वडा अधिवेशन स्वीकार गर्न नसकिने बताइसकेको छ। कांग्रेस डडेलधुराका जिल्ला सभापति कर्णबहादुर मल्लले आफुहरुसँग समन्वय समेत नगरी सभापतिको एकलौटी दवावमा निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले गराएको वडा अधिवेशन स्वीकार नगर्ने यस अघि नै सार्वजनिक रुपमा बताइसकेका छन् । यसका साथै नेपाली कांग्रेस ‘जिल्ला कार्यसमिति डडेल्धुराले आफूहरुको आग्रहलाई बेवास्ता गर्दै देउवा पक्षले गत भदौ २५ गते राज्यशक्ति र सत्ताको दुरुपयोग गर्दै देउवाको हस्तक्षेपमा धाँधली गर्दै अधिवेशन गरेको आरोप समेत लगाइरहेको छ।
नेपाली कांग्रेस डडेलधुरा जिल्ला कार्य समितिको मागमा ऐक्यबद्धता जनाउदै सभापतिद्वारा एकपक्षीय र अलोकतान्त्रिक तवरले सम्पन्न गरिएका अधिवेशनहरु बदर गर्दै पुनअधिवेशन गर्नुपर्ने अडान राखेको राख्दै आईरहेको छ ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशन कही हर्षोल्लासका साथ लोकतान्त्रिक विधि र प्रकृया अनुरुप सम्पन्न भैरहेका छन् भने कतै क्रियाशील सदस्यताको विवादका कारण सम्पन्न भएका अधिवेशनहरु नै आम कांग्रेस नेता तथा कार्यकर्ताहरुले स्वीकार गर्न सकिरहेका छैनन् ।
अहिले कांग्रेसमा चलिरहेको क्रियाशील सदस्यता विवाद र अधिवेशनको धाँधलीलाई लिएर नेतृत्व तहमा व्यापक ध्रुवीकरण भैरहेको देखिएको छ । वर्तमान पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका बिरुद्धमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले व्यापक दवाव बढाईरहेको देखिदैछ ।
पार्टीलाई विधि र पद्धतिका आधारमा सञ्चालन गर्नुको साटो एकलौटी बल मिचाँईका भरमा पार्टीको वडा तथा गाउँ र नगर अधिवेशन गराउन थालेपछि र कांग्रेस पार्टीको इतिहास मै नभएको पुलिस र प्रशासनको आडमा आफु निकट नेतृत्व चयनमा वर्तमान सभापति देउवा लागेपछि कांग्रेसभित्रको लोकतन्त्र छताछुल्ल भएर अँगेनामा पोखिएको अवस्थामा पुगेको देखिदैछ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार