ईपीएल क्रिकेट : चितवनको लगातार चौथो जित, शीर्ष दुई पक्का
नेपालबहस संवाददाता
असोज १७, २०७८ आइतबार २३:३२:३९
१७ असोज, काठमाडौं । चितवन टाईगर्सले जारी एभरेष्ट प्रिमियर लिग ‘इपीएल’ टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा शीर्ष दुईमा स्थान पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले शीर्ष दुईमा स्थान पक्का गरेको हो ।
यसअघि १०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको चितवनलाई जिताउन मोहम्मद सहजादले सर्वाधिक ३५ रन बनाए । यस्तै भिम सार्कीले २७, भिरन्दीप सिंह १३ तथा दिलीप नाथले १६ रन बनाए ।
यता, ललितपुरका अज्मतुल्लाह ओमार्जाईले र राजन ढकालले समान २ विकेट लिए । यस्तै योगन्द्र सिंह कार्कीले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । ललितपुरका जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए । सन्दुन विराकोड्डीले १४ रन बनाउँदा सूर्य तामाङ ११ रन बनाए ।
चितवनका कमलसिंह ऐरीले ३ विकेट लिए । यस्तै करिम जनत र सागर ढकालले समान २ विकेट लिए । शाहब आलमको नाममा १ विकेट रह्यो ।
जितसँगै चितवन शीर्षस्थानमा रहँदै शीर्ष दुई पक्का गरेको छ । यता, ललितपुरको भने प्लेअफको लागि अंकगणितीय सम्भावना कायम छ ।
चितवनले ४ खेलमा शतप्रतिशत जित निकाल्दै ८ अंकका साथ शीर्षस्थानमा छ । पोखरा ४ खेलमा २ जित १ हारसहित ५ अंकका साथ दोस्रो स्थानमा छ । भैरहवा ३ खेलमा १ जित र दुई खेलमा अंक बाड्ँदै ४ अंकका साथ तेस्रो स्थानमा छ ।
ललितपुर ५ खेलमा १ जित र ३ मा हारसहित ३ अंक जोड्दै चौथो स्थानमा छ । काठमाडौं ३ खेलमा १ जित र २ हारसहित २ अंकका साथ पाँचौं स्थानमा छ । विराटनगर वारियर्स ५ खेलमा १ जित र ४ हारसहित पुछारमा रहँदै उपाधि होडबाट बाहिरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
सञ्चालनमा आयो कमलादीमा भासिएको सडक
मंसिर २७, २०८१ बिहिबार
सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने
मंसिर २७, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
मंसिर २७, २०८१ बिहिबार
आज पनि म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
मंसिर २७, २०८१ बिहिबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार