आईपीएल : कोलकाताले हैदरावादलाई ६ विकेटले हरायो, प्लेअफ सम्भावना कायमै
नेपालबहस संवाददाता
असोज १८, २०७८ सोमबार १२:५८:२३
१८ असोज, काठमाडौं । १४औँ संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । दुबई इन्टरनेशनल स्टेडियममा ११६ रनको लक्ष्य पाएको कोलकाताले २ बल बाँकी छँदै ४ विकेटको क्षतिमा ११९ रन बनाउँदै सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको हो । जितसँगै कोलकाताले प्ले अफ पुग्ने सम्भावनालाई कायमै राखेको छ ।
कोलकाताका लागि शुभमन गिलले १० चौकासहित सर्वाधिक ५७ रन बनाए । उनी म्यान अफ द म्याच घोषित भए । नितिश रानाले २५ रन र दिनेश कार्तिकले १८ रन जोडे । बलिङतर्फ हैदरावादका जसन होल्डरले २ विकेट, सिद्धार्थ कौल र रसिद खानले १र१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको हैदरावाद निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रनमा समेटियो । हैदरावादका लागि केन विलम्सनले सर्वाधिक २६ रन बनाए । अब्दुल समदले २५, प्रियाम गर्गले २१ रन जोडे ।
बलिङतर्फ कोलकाताका बरुण चक्रवर्ती, टिम साउथी र शिभम माभीले २-२ विकेट लिए । १३ खेलबाट ६ जित निकाल्दै १२ अंक जोडेको कोलकाता अंक तालिकामा चौथो स्थानमा छ । अब कोलकाताले एउटा खेल खेल्न बाँकी छ ।
हैदरावाद भने प्लेअफको दौडबाट बाहिरिएको छ । चेन्नई, दिल्ली र बेंगलोर भने प्लेअफमा प्रवेश गरिसकेका छन् । अब कोलकाता, पञ्जाब र राजस्थानमध्ये एकमात्र टिम प्ले अफमा जानेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार
इरानमा हिजाब सम्बन्धी नयाँ कानून लागू, उल्लङ्घन गर्नेलाई मृत्युदण्डको सजाय
मंसिर २७, २०८१ बिहिबार
ओलीको लगानी भनिएको प्रमाण आफैंले नबनाएको प्रसाईंको दावी, संगठित अपराधमा मुद्दा चलाउने
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
मंसिर २७, २०८१ बिहिबार