जंगी अड्डाका कर्मचारीको दुखेसो
नेपालबहस संवाददाता
असोज १८, २०७८ सोमबार १७:४६:१८
हामी सैनिक कर्मचारीको पीडा सुन्ने ,सरुवा वढुवा गर्ने, सास्ती कोर्रा हाल्ने हाम्रा हाकिम उपरथी सुरेश कार्की आएपछि केही होला कि भन्ने आशा थियो । तर उहाँ जति कालो हुनुहुन्छ त्यो भन्दा बढी मन कालो पो रहेछ ।
हुन त अहिले कार्यरथीको अफिसको नेतृत्व गर्ने कार्की विगत लामो समयदेखि विवादित छविका अफिसर हुन । उनी जागिरको दौरानमा जहाँ जहाँ कार्यरत रहे, त्यहाँबाट अत्यन्तै विवादित र बदनामी भएको स्पष्ट छ । जागिरको दौरानमा चारित्रिक विषय र आर्थिक विषयमा विवादित बनेका थिए कार्की । अहिले पनि कार्यरथी विभाग उनको हालीमुहाली गर्ने अखडा पो हो जस्तो लाग्छ ।
बुझ्दै जादा पो थाहा भो रुकुमबाट शुरु गरि झापामा गणपति हुदाँ एक महिलालाई काठमाडौंमा ल्याएर अपार्टमेन्टमा राखेका रहेछन । अरुले थाहा पाउछन् भनेर बेलाबेला बिरालोले गुड सारे झै अपार्टमेन्ट सार्दै रहेछन । सुदुरपश्चिमको पृतनामा नि काण्ड लागेको सबै जानकार नै छन् । नौं नं.बाहिनीमा हुँदाको विष्ट थर अनि अभिलेखालय हुदाँ गुरुङ थरकी महिला सिपाही र अफिसर सापसँग खासखुस भएको सुन्न पाइन्छ ।
पाठक पत्र
उनको अनैतिक काम र अनियमिततामा हुरुक्क हुने बानीले गर्दा कार्यरथी विभाग अहिले विवादित बन्न थालेको छ । सैनिक कर्मचारीको सरुवा भनेको महिलाको मात्र हुन्छ हाम्रा पुरुष सैनिकको रोदन कस्ले सुन्ने ? पोष्टिङ भएको हरेक ठाँउमा काण्डै काण्ड र विवाद नै विवादमा परेका निजको बारेमा प्रमाणसहित विस्तृत विवरणको उजुरी अहिले पनि जंगीअड्डामा छ ।
त्यो उजुरीमा उनले कहाँ कहाँ के कस्तो अनैतिक र अनियमित काम गरे, त्यसको छानविन, सुक्ष्म अनुसन्धान गर्दा को कस्लाइ भेटेर बुझ्नु पर्छ भन्ने स्पष्ट पारिएको छ, तर यस विषयमा जंगी अड्डाले न त केही छानविन र अनुसन्धान नै अगाडि बढाएको छ, न त कुनै कार्वाही नै भएको छैन । बरु त्यसको सट्टा नयाँ चिफ साव आएपछि चुरीफुरी यति बढेको छ की छिनछिनमा भेट्न जाने अनि कर्साव जर्सावहरुको कुरा लाउने गर्नु हुन्छ । अनि चिफसाव पनि कुरा सुनेर बुरुकबुरुक उफ्रनु हुन्छ रे । जंगी अड्डामा त के भयो के भयो ?
अहिले त जर्नेल र अफिसर सावहरु आपसमा बोल्न हाँस्न पनि डराउनछन् । चिफसावसँग कुरा लाउछन भनेर आपसी समन्वय त पटक्कै छैन । हाकिम सावहरु त वाउ मरेको दिनको जस्तो अनुहार पो देखिन्छ सबैको । फेरि नयाँ चिपसाव पनि उस्तै रहेछन, चिफको फुली नै नलगाई निमित्त बुझेको चारै दिनमा भारतीय राजदुतसँग जंगी अड्डामा भेटेर काम थालनी गरेर हो की पहिला भएको काममा बर्बराउछन अनि अगाडि बढ्ने कुरा त गर्दै गर्दैनन भनेर अफिसरसावहरु खासखुस गरेको सुनिन्छ ।
अब त जंगीअड्डाको यो जंगेपाराबाट आजित भएका साथीभाई सबै जिल्ला तिर सरुवा जान पाए हुन्थ्यो भन्छन । लौन हजुर हाम्रो समस्या कस्ले सुन्ला ? ♦जंगी अड्डाका पीडित सिपाहीहरु
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार