विश्वव्यापी ६ घन्टाको अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा
नेपालबहस संवाददाता
असोज १९, २०७८ मंगलबार १३:२७:४२
१९ असोज, न्युयोर्क । करिव ६ घन्टा विश्वव्यापी अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् । अबरोध हुँदा अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्न पाएका थिएनन् । आफ्ना सेवाले शत प्रतिशत काम गर्न भने केही समय लाग्ने फेसबुकका प्रमुख प्रविधि अधिकृतले बताएका छन् ।
नेटवर्किङसम्बन्धी समस्या हुँदा यी सेवा वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन । यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् । केही समयको अवरोधका लागि फेसबुकले क्षमा मागेको छ । सेवा प्रभावित भएपछि विश्वभरका १ करोडभन्दा बढी मानिसले फेसबुकमा गुनासो गरेका थिए ।
नेटवर्क समस्या समाधान गर्न र डिजिटल मञ्चलाई पूर्ववत अवस्थामा फर्काउन आफ्ना प्राविधिज्ञले सक्दो छिटो काम गरेको फेसबुकले जनाएको छ । नेटवर्कमा कसरी समस्या आयो भन्ने वारेमा फेसबुकले अनुसन्धान गरिरहेको छ । यसअघि सन् २०१९ मा पनि फेसबुकमा अवरोध भएको थियो ।एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्राजिलमा मस्कलाई ठुलो झट्का, ३० लाख डलर जरिवाना तिर्न अदालतको आदेश
भदौ २९, २०८१ शनिबार
विज्ञापनसँग सम्बन्धित मुद्दाको सामना गर्दै गुगल
भदौ २५, २०८१ मंगलबार
आईफोन पहिलो पटक कसरी सिर्जना गरिएको थियो ?
भदौ २५, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार