प्रदेश २ का मुख्यमन्त्री राउतले भोलि विश्वासको मत लिने
नेपालबहस संवाददाता
असोज १९, २०७८ मंगलबार २३:३८:१७
१९ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भोलि ‘२० असोज’ मा विश्वासको मत लिने भएका छन् । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक सातअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए । २० असोजदेखि नै प्रदेशसभाको ७औं अधिवेशन आह्वान गरिएको छ ।
संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ । ९ भदौमै जनता समाजवादी पार्टी ‘जसपा’ विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक पार्टीको प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो ।
तर, जसपाले जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्ने समय २२ भदौसम्म तोकेकाले त्यसलाई दल विभाजनको अन्तिम मिति मानेर २० असोजमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।
अहिले प्रदेश २ मा जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकारको छ भने नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने जनाएको छ । यस हिसाबले मुख्यमन्त्री राउतसँग प्रदेशसभाको एक सय चार सदस्यमध्ये दुई तिहाई भन्दा बढीको बहुमत रहेको छ ।
प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका एकजना गरी जम्मा ८० जना सांसदको मुख्यमन्त्री राउतलाई समर्थन रहने जसपाका एक नेताले दावी गरे । लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ र नेकपा एमाले प्रदेश सरकारको विपक्ष रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार
छत्रकोटमा जीपलाइन सञ्चालन हुँदै
पुष ११, २०८१ बिहिबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार