दशैंका समयमा कनेक्ट आईपीएसबाट पैसा पठाउँदा शुल्क नलाग्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज १९, २०७८ बुधबार ०:४०:२
![](https://nepalbahas.prixacdn.net/media/albums/Free-FT-IPS_uYwjx6za1T.jpg)
१९ असोज, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आउँदै गरेको दशैँ, तिहार तथा छठ लगायतको चाड पर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न प्रोत्साहन गर्ने उद्देश्यले फण्ड ट्रान्सफर सुविधि निशुल्क गरेको बताएको छ । मोबाईलबाट गरिने फण्ड ट्रान्स्फरलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कनेक्ट आइपीएसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आइपीएस फण्ड ट्रान्स्फर तथा कनेक्ट आइपीएस मार्फत मोबाईल वालेटमा गरिने फण्ड लोडलाई असोज २० गते देखि कार्तिक २५ गते सम्म पूर्ण रुपमा निःशुल्क गरिएको बजार एवं जनसम्पर्क अधिकृत प्रिती झाले जानकारी दिएकी छिन् ।
कनेक्ट आइपीएसको बढ्दो प्रयोग तथा मोबाईलबाट गरिने बैंक खातामा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवद्र्र्धन गर्न उक्त अवधिमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको जनाइएको छ । यस प्रावधानले कागजी नोटको प्रयोग घट्नुका साथै फण्ड ट्रान्स्फरमा मोबाईल प्ल्याट्फर्मको प्रयोग थप वृद्धि हुने विश्वास गरिएको छ ।
फण्ड ट्रान्स्फर लगायत अन्य विभिन्न भुक्तानी एकै प्ल्याट्फर्मबाट गर्न सकिने कनेक्ट आइपीएसले गत आर्थिक वर्षमा ने. रु. १३.६ खर्ब बराबरको १ करोड ८९ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको थियो भने चालू आर्थिक वर्ष (भाद्र मसान्तसम्म) मा ने. रु. ४.५ खर्ब बराबरको ६२ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको छ ।
अहिलेसम्म यस प्रणालीमा जम्मा ५४ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । बैंक वित्तिय संस्थाका ग्राहकहरुले www.connectips.com मा वा यसको मोबाईल एप मार्फत अन्लाईन रजिष्टर गरी सेवा लिन सक्नुका साथै बैंक वित्तिय संस्थाका आफ्नै मोबाईल बैंकिङ्गमा रहेको छुट्टै रजिष्टर गर्नु नपर्ने कनेक्ट आइपीएस फण्ड ट्रान्स्फर अप्सन मार्फत पनि सो सेवाको प्रयोग गर्न सक्दछन् । १४ भन्दा बढी डिजिटल वालेटका प्रयोगकर्ताले पनि कनेक्ट आइपीएस मार्फत सोझै बैंक खाताबाट फण्ड लोड गर्न सक्दछन् । कनेक्ट आइपीएस को मोबाईल एप मार्फत प्रति कारोबार रु १ लाख तथा प्रति दिन रु २ लाख सम्म कारोबार गर्न सकिन्छ भने मोबाईल बैंकिङ्गबाट फण्ड ट्रान्स्फरमा भने बैंक वित्तिय संस्थाले रु ५० हजार देखि २ लाख सम्म कारोबार सीमा प्रदान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार