अन्नपूर्ण शिविर पुगेका विभिन्न क्षेत्रका महिलाहरु आज काठमाडौं फर्किदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज २०, २०७८ बुधबार १४:१८:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/anna_RhUUhV61ai.jpg)
२० असोज, पोखरा । विभिन्न क्षेत्रका महिलाहरु पैदल यात्रा गरी अन्नपूर्ण आधार शिविर पुगेर नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि सन्देशमूलक कार्यक्रम गरेको छ । महिलाहरुले अन्नपूर्ण आधार शिविरमा पुगेर राष्ट्रिय झण्डालाई फहराई पर्यटन क्षेत्रमा वृद्धिविकास गर्न र प्रर्वद्धन गर्नकोलागि सन्देशमूलक कार्यक्रम गरेको हो ।
लामो समयदेखि कोभिडले आक्रान्त बनाई रहेको बेला विभिन्न क्षेत्रका महिलाहरु यसरी पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि पैदल यात्रा गर्दै शिविर पुगेका हुन् । साथसाथै संस्थाको आयोजनामा उक्त महिलाहरु अन्नपूर्ण आधार शिविर पुगेका हुन् । संस्थाका अध्यक्ष प्रजिता कार्कीले अन्नपूर्ण बेस क्याम्पमा पुगेर आम नेपालीहरुलाई आफ्नै देशमा भएका विभिन्न पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्न अनुरोध गरेकी छन् ।
हामीलाई लामो समय कोभिडले घर भित्रै बस्न बाध्य बनायो तर अब भने हामी आफ्नै देशको प्रकृतिसंग रमाउन सिक्नुपर्छ । कोविडले झनै महिलाहरुलाई बढी असर गरेको छ । महिलाहरु त्यसैपनि घर भित्रै सिमित हुन्छन् यस्तो बेला प्रकृतिसँग रमाउन सके स्वास्थ्यको लागि निकै फाईदा हुने कार्कीले बताईन । नेपालको पर्यटन क्षेत्रलाई आमूल परिर्वतन र विकास गर्नकोलागि पुरुषसरह महिलाहरु पनि साथसाथै पर्यटन क्षेत्रको विकास गर्न र स्यम आफ्नो स्वास्थ्यलाई स्वस्थ्य बनाउन पनि पर्यटन क्षेत्रको भ्रमण गर्न आवश्यक रहेको उनको भनाई थियो ।
कोभिडको संक्रमण बढेपछि अन्य क्षेत्र झनै पर्यटन क्षेत्र पनि अछुतो रहन सकेन जसले गर्दा पर्यटन क्षेत्रमा आबद्ध व्यवसायीहरु निकै नै अफ्ठयारोमा परेको बताउँछन् झीनु भिलेज होटेल इभर ग्रीन रेस्टुरेन्टका सञ्चालक देवी प्रसाद आचार्य । कोभिडकै कारण दुई वर्ष यता पर्यटन क्षेत्र ठप्प छ पर्यटन क्षेत्रलाई नै पेशा बनाएका व्यवसायीहरुको रोजीरोटीमा गाह्रो परिरहेको बेला यसरी नेपालकै महिलाहरु भ्रमणमा आउँदा आफूलाई निकै खुशी लागेको आचार्यले बताए ।
पर्यटन व्यवसायी बेम्बो टि हाउसका सञ्चालक सुकमाया गुरुङ पनि लामो समयदेखि पर्यटन व्यवसायीमा काम गर्दै आएकी थिइन् । उनलाई पनि कोभिडले निकै नै असर पारेको बताईन । साथसाथै संस्थाबाट पहिलो पटक अन्नपूर्ण आधार शिविरका लागि महिला दिदीबहिनीहरुलाई देख्दा उनलाई खुशी लागेको बताईन । उनले भने नेपालबाट आउने पर्यटक मध्ये महिलाहरुको यो सबै भन्दा ठुलो समुह हो । विगतको दिनमा विदेशी पर्यटक महिला पुरुष आए पनि नेपाली महिलाहरु त्यति नआएको सुकदेविले बताईन ।
पहिलो पटक अन्नपूर्ण आधार शिविरमा विभिन्न क्षेत्रमा आबद्ध नेपाली महिला पर्यटकहरु आएको देख्न पाउँदा शिविरका व्यवसायीहरुलाई खुशी लागेका बताए । शिविरका पर्यटन व्यवसायीहरुले भने कोविडको बेला विदेशी पर्यटकहरु आउन नपाए पनि आफ्नै देशको पर्यटकहरु अन्नपूर्ण आधार शिविर आउँदा आफूहरुको व्यवसायी पुनः सञ्चालन हुने बताए ।
साथसाथै संस्थाले १० दिनको यात्रा तय गरेको थियो । विशेष गरी नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमै चिनाउन र आर्थिक रुपमै बलियो बनाउन साथै कोभिडकै कारण घर भित्र बस्न बाध्य महिलाहरु पनि पुरुष सरह पर्यटन क्षेत्रमा भ्रमण गरी स्यम महिला आत्मनिर्भर गर्नको लागि यो कार्य थालनी गरेको हो ।
पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले १० दिनको पैदल यात्रा गर्दै शिविर पुगेका महिलाहरु यति बेला एविसी पुगेर फर्केका छन् । साथै संस्थाले यात्राका क्रममा पर्यटकीय क्षेत्रमा जथाभावि फालिएका फोहर पलास्टीकका कागज र डब्बाहरु जम्मा गरी पोखरा ल्याएर फोहोर फ्याक्ने गाडीमा व्यवस्थापन गरेको थियो । जसले गर्दा पुन: पर्यटकीय क्षेत्रमा कुनै पनि पर्यटकले जथाभावी फोहोर नगुरुन भन्ने सन्देश संस्थाले दिन खोजेको संस्थाका अध्यक्ष कार्कीले बताईन ।
११ गते शिविरका लागि प्रस्थान गरेका विभिन्न क्षेत्रका महिलाहरु आज ‘बुधबार’ बिहानै काठमाडौंका लागि प्रस्थान गर्नेछ । संस्थाले यसरी नै नेपालको पर्यटन क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्न आगामी दिनमा पनि विभिन्न क्षेत्रमा यात्रा गर्नेछ साथै राज्यले पनि पर्यटन क्षेत्रको विकासकालागि छुटटाएका बजेट सही ठाउँमा प्रयोग हुनु पर्ने र ति ठाउँमा पुग्नकोलागि सहज बातावरण हुनु पर्ने शिविर यात्रामा गएका महिलाहरुको भनाई छ । उक्त पर्यटकीय क्षेत्रमा पुग्न बाटाघाटा पुलपुलेसाहरुको विकास नहुदा पर्यटकीय क्षेत्रमा असर परेको महिलाहरुले प्रत्यक्ष शिविर पुग्दा अनुभव गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार