दुई लाख घुस लिँदै गर्दा सवइन्जिनियर पक्राउ
नेपालबहस संवाददाता
असोज १९, २०७८ बुधबार ४:४७:४०
१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ ।
कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको खुलेको छ । आयोगले सवइन्जिनियर केसीलाई कार्यालय परिसरबाटै आज पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । आरोपी केसीको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार
परालको डोरीबाट सुकुल बुन्दै वृद्ध
माघ ७, २०८१ सोमबार
ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला
माघ ७, २०८१ सोमबार
सुर्खेत विमानस्थलको धावन मार्ग र आसपासको क्षेत्र
माघ ७, २०८१ सोमबार
नेपालकै लामो झोलुङ्गेपुल तर्दै पर्यटक
माघ ७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश
माघ ७, २०८१ सोमबार