कृष्णनगरमा हैजा फैलिएको आशंका, थपिए एक रातमै ५० बढी बिरामी !
नेपालबहस संवाददाता
असोज २०, २०७८ बुधबार १४:५१:२८
२० असोज, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशंका गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, प्रदेश स्वास्थ्य निर्देशनालयको अनुगमन टोलीले बिरामीको लक्षण र सङ्क्रमणको अवस्था हेर्दा हैजा फैलिएको आशंका गरेका छन् ।
रोगको पुष्टि गर्नका लागि केही बिरामीको दिसाको नमुना संकलन गरी ल्याबमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए ।
प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन भए पनि बिरामी आउने क्रम जारी रहेको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताए । मंगलवार साँझ ६ बजे सम्म १२० जना शिवराज अस्पताल बहादुरञ्जमा भर्ना भएका थिए । भर्ना भएकामध्ये २० जनालाई थप उपचारका लागि बुटवल र तौलिहवा रेफर गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १३ जना बिरामीलाई कपिलवस्तु अस्पताल तौलिहवा र ८ जनालाई बुटवलतर्फ थप उपचारका लागि पठाइएको छ । मंगलवार रातिदेखि बुधवार बिहानसम्म करिब ५० जना बिरामी थप भएको बताइएको छ । जम्मा प्रभावितको संख्या एकिन हुन सकेको छैन ।
चिकित्सक अभाव भएपछि उपचारका लागि प्रदेशबाट २ जना चिकित्सक पठाइएको छ । नगरपालिकाको ७, ८ र ९ वडाका सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेसपुर, डावरालगायतका बस्तीमा रोग फैलिएको छ । प्रभावित क्षेत्रमा बिरामीलाई निजी क्लिनिक र शिवराज अस्पतालका गल्ली, बरन्डा र विद्यालयमा राखी उपचार गरिएको छ । रोग फैलिदा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार
प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सेनाको अवस्थाबारे जानकारी
असोज ११, २०८१ शुक्रबार
न्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक
असोज ११, २०८१ शुक्रबार