नबिल बैंकले ल्यायो किरानादेखि दराजसम्म दशैं धमाका अफर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज २०, २०७८ बुधबार १८:३९:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/Nabil-Bank-logo_XLKZ51rj61.jpg)
२० असोज, काठमाडौं । नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशै धमाका अफर” ल्याएको छ ।
यस योजना अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग
गरेबापत क्यासब्याक पाउन सक्नेछन ।
नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशतसम्मको छुट वा अधिकतम रु ३००/– सम्म क्यासब्याक पाउन सक्नेछन । यो अफर घटस्थापनाको दिनबाट लागु हुने जनाइएको छ । त्यस्तै किरानामा १५ प्रतिशत छुट वा अधिकतम रु १५०० सम्म क्यासब्याक पाउन सक्नेछन । किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुने बैंकको संस्थागत संचार विभागले जनाएको छ ।
दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम रु ५०० रुपैयाँसम्म छुट पाउन सक्नेछन । यस अफर मार्फत बैंकले ग्राहकवर्गहरुमा दशैंको उपलक्ष्यमा नयाँ हर्ष ल्याउन खोजेको जनाएको छ । अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन अपील गरेको छ ।
सन् १९८४ देखि समायनुकुल सेवा प्रदान गर्दै आएको बैंकको १३५ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई कावासोती हस्पिटलमा विशेष छुट
असार २३, २०८१ आइतबार
चन्द्रागिरि र एनआईसीबीच नवजात शिशुको मुद्दती खाता खोल्ने सम्झौता
असार २१, २०८१ शुक्रबार
श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरले सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार