गौर नाका खुलेपछि बैरगनियामा किनमेल गर्नेको भीड
नेपालबहस संवाददाता
असोज २०, २०७८ बिहिबार २:५३:३६
फणी महत
२० असोज, रौतहट । डेढ वर्षअघिदेखि बन्द रहेको गौर बैरगनिया नेपाल(भारत सीमा नाकामा बुधबारदेखि सार्वजनिक सवारी संचालन भएका छन् ।
गृह मन्त्रालयले एक साताअघि जिल्ला प्रशासन कार्यालयहरूलाई नेपाल-भारत सीमा नाका खोल्न निर्देशन दिएको थियो । गौर बैरगनिया नाका नेपालतर्फ खुले पनि भारतीय पक्षले सवारी साधन आवागमन गर्न दिएको थिएन । पैदल आवतजावत गर्न भने दिइएको थियो ।
तर, बुधबारदेखि भने भारतीय पक्षले पनि सवारी संचालन गर्न दिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
यात्रुवाहक सवारी साधन संचालनमा आएपछि दुवै देशका स्थानीयले खुसी व्यक्त गरेका छन् । कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा अपनाउन भने स्थानीय प्रशासनले आग्रह गरेको छ ।
सार्वजनिक सवारी साधन खुलेपछि चाडपर्वका लागि किनमेल गर्न भारतको बैरगनिया जानेको घुइँचो लागेको छ । कोरोना संक्रमण जोखिमका कारण ११ चैत २०७६ देखि सो नाका बन्द गरिएको थियो ।
सो नाका हुँदै नेपालबाट मानिस बैरगनिया, सीतामढी, दरभंगा, मुजफ्फरपुर, पटनालगायतका शहर दिनहुँ जाने आउने गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार