बैतडीमा खाद्य सामग्रीका १२ वटा नमूना प्रतिकुल भेटिए
नेपालबहस संवाददाता
असोज २१, २०७८ बिहिबार १८:३३:१४
२१ असोज, बैतडी । बजार अनुगमनका क्रममा गत आर्थिक वर्षमा बैतडीका खाद्य सामग्रीका १२ वटा नमूना प्रतिकुल भेटिएका छन् । जिल्लाका विभिन्न स्थानका फर्महरु अनुगमन गर्दा संकलन गरिएका नमूनाहरु प्रतिकुल भेटिएका छन् । प्रतिकुल नमूना भन्नाले उपभोग गर्न नमिल्ने खाद्य सामग्रीलाई बुझाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए ।
बजार अनुगमनका क्रममा संकलन गरिएका नमूनामध्ये १२ वटा प्रतिकुल भेटिएका लेखकले बताए । संकलन गरिएका नमूनाहरुको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको प्रयोगशालामा परीक्षण गरिएको थियो ।
प्रतिकुल नमूना भेटिएका फर्मका सञ्चालकलाई कारवाहीको दायरामा ल्याइसकेको कार्यालय प्रमुख लेखकले बताए । ५ जनालाई जिल्ला प्रशासन कार्यालयमार्फत ५ देखि १० हजार जरिवाना गरिएको छ भने ४ जनाको मुद्दालाई रायका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पठाइएको छ ।
यस्तै तीन जनामाथि अनुसन्धान जारी रहेको छ । बजार अनुगमनका क्रममा अखाद्य वस्तु विक्री वितरण गर्नेलाई खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ अनुसार कारवाही गर्ने गरिएको छ । उपभोक्ताहरुले पनि खाद्य सामग्री खरीद गर्ने बेलामा उत्पादन मिति हेरेर मात्रै खरीद गर्नुपर्नेमा लेखकले जोड दिए ।
संयुक्त बजार अनुगमन समितिले सबै ठाउँमा अनुगमन गर्न नसक्ने भएकाले स्थानीय तहहरुले बजार अनुगमनमा सक्रियता बढाउनुपर्ने उनले माग गरे । राजमार्ग छेउका बजारमै म्याद नाघेका सामग्री पाइएकाले ग्रामीण क्षेत्रमा झन् समस्या हुन सक्ने खाद्य कार्यालयको आंकलन छ ।
उपभोक्ताहरु खाद्य सामग्रीको उपभोग्य अवधिका बारेमा सचेत नहुँदा उपभोक्ता नै मारमा परेका छन् । यसले उनीहरुको स्वास्थ्यमासमेत प्रतिकुल असर पार्ने जानकारले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार