काभ्रेका शक्तिपीठमा दर्शनार्थीको घुइँचो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
असोज २१, २०७८ बिहिबार १९:१३:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/dashain-2-e1633592607680_Jxf3N7dRKB.jpg)
२१ असोज, बनेपा । बडादशैं शुभारम्भ दिन आज काभ्रेपालञ्चोकका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ । विशेषगरी पाँचखालको पलाञ्चोक भवगती मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिरमा दर्शनार्थी घुइँचो लागेको हो ।
धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएका ती शक्तिपीठमा घटस्थापनादेखि दशैँको नवमीको दिनसम्ममा विशेष पूजाआज हुने गर्दछ । “चण्डाशुर दैत्यलाई माता चण्डेश्वरीले बध गरेको स्थान भएकाले चण्डी पूर्णिमा र दशैँमा ठूलो मेला लाग्ने गर्दछ ।” चण्डेश्वरी महादेव मन्दिरका पुजारी श्यामप्रसाद सेवाचार्यले भने, “दशैँको अवसरमा नेपालका विभिन्न स्थानबाट चण्डेश्वरी मन्दिरमा दर्शन गर्नका लागि भक्तजन आउने गर्दछन् ।” नवरात्रभरि नै मन्दिरमा दर्शनार्थीको भीड हुने गर्दछ । सो समया बिहान २ बजेदेखि नै भक्तजन मन्दिरमा दर्शनका लागि दैनिक हजारौँको संख्यामा आउने गरेको उनले बताए ।
मन्दिरमा आउने भक्तजनलाई सहजताका लागि वडाको तर्फबाट मन्दिर परिसरमा रहेको बगैँचा र वनभोजस्थल व्यवस्थापनका लागि गत वर्षदेखि काम सुरु भइरहेको छ । मन्दिर नजिक अवस्थित चण्डेश्वरी वनमा पर्यापर्यटनका लागि नगरपालिकाले गोसाइँस्थानको महादेव मन्दिरसम्म जानका लागि एक हजार ६०० सिँढी निर्माण गरिरहेको बनेपा–५ का वडाध्यक्ष बलराम अधिकारीले जानकारी दिए । यो मन्दिर १७औँ शताब्दीमा बनेको विश्वास गरिन्छ । मन्दिरमा चण्डेश्वरीले दानव चण्डको बध गरेको भित्तेचित्र प्रदर्शन गरिएको छ ।
यस्तै पलाञ्चोक भगवतीको मन्दिर जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित छ । काभ्रेको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको यो मन्दिर लिच्छवीकालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएको विश्वास गरिन्छ । शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतीको मूर्ति अद्वितीय मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
आठौँ शताब्दी पुरानो माधवनारायण मेला एक महिनामा सम्पन्न
माघ ३०, २०८१ बुधबार
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु
माघ २८, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
फागुन ३, २०८१ शनिबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार