मन्त्रालयले पठायाे झाडापखाला प्रभावित क्षेत्रमा चिकित्सकको टोली
नेपालबहस संवाददाता
असोज २१, २०७८ शुक्रबार ३:३९:३१
२१ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला प्रभावित क्षेत्र कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आज चिकित्सकसहितको टोली पठाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.मीरकुमार अधिकारीले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट उपचारका लागि आवश्यक औषधि लिएर चिकित्सकसहितको टोली बिहीबार त्यसतर्फ गएको जानकारी दिए ।
प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पनि चिकित्सकसहितको टोली पठाएको छ । कृष्णनगर नगरपालिकाका वडा नम्बर ३, ४, ७, ८, ९ र १२ मा झाडापखाला र वान्ताका बिरामी देखिएका थिए । उक्त ठाउँका करिब ३७० जना झाडापखालाका बिरामी फेला परेका छन् ।
बिरामीको स्थानीय शिवराज अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये २२८ जना उपचारपछि घर फर्किएका र ११० जनाको उपचार भइरहेको तथा ३२ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी अस्पतालमा रिफर गरिएको मन्त्रालयले जनाएको छ ।
पाँच जना बिरामीको दिशाको नमुना परीक्षण गरिएको र नतिजा आउन बाँकी रहेको जनाइएको छ । प्रभावित क्षेत्रको पिउने पानीको नमुना परीक्षण गर्दा कोलिफर्म र इकोली भेटिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार
प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सेनाको अवस्थाबारे जानकारी
असोज ११, २०८१ शुक्रबार