तपाईको आजको राशीफल कस्तो छ ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज २२, २०७८ शुक्रबार १०:५०:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/rasifal-1_FgT3q65gtM.jpg)
वि.सं.२०७८ साल असोज २२ गते । शुक्रबार । ईश्वी सन् २०२१ अक्टोबर ०८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– द्वितीया, दिउसो ०१ बजेर २९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–स्वाती, बेलुकी १० बजेर १८ मिनेट उप्रान्त विशाखा । योग– विष्कुम्भ, रातको ०२ बजेर ४१ मिनेट उप्रान्त प्रिती । करण– कौलव, दिउसो ०१ बजेर २९ मिनेट उप्रान्त तैतिल, रातको १२ बजेर २४ मिनेट उप्रान्त गर । आनन्दादिमा–गद योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४० मिनेट । दिनमान २९ घडी ११ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- मायाप्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिती मजभुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानी हुनेछ । लामो दुरिको मनोरञ्जानात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाईलेखाईमा भनेजस्तो प्रगती हुने हुँदा मन प्रशन्न रहनेछ । भौतक बस्तु तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- व्यापार व्यावसायमा लगानी बढाएर प्रसस्त रुपैया पैसा कमाउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- सवारीसाधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’ :- स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथिभाईबाट टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । छोटो तथा रमाईलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाईलेखाईमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यावस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- कर्म क्षेत्रमा आउने बिवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाईदाको लागी अली बढि मेहनेत गर्नुपर्नेछ । तरपनि लामो दुरिको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय बढेर जानेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- व्यावसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ । बिशिष्ट व्याक्तीहरुको भेटघाटले व्यावसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।
मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- पढाईलेखाईमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राबिधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगती गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पती प्रयोग गर्न पाईनेछ । नविन विचारको प्रयोग मार्फत व्यावसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान गरिनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- सरकारी तथा प्रशासनिक काममा कमजोर उपश्थिती रहनेछ भने सरकारी ओहोदामा रहेकाहरुले समयमा काम गर्नेहरुले महत्वपूर्ण अवसरहरु गुम्नेछन् । परिवारजनको असहयोगले नयाँ योजनाहरु थाति रहनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा अली बढी समय खर्चिय सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । घरेलु कामहरुको चापले गर्दा बाहिरी क्षेत्रमा सामेल हुन नसकिने ग्रहयोग रहेकोछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- सत्यता बुझेर अगाडी बढ्नुको सट्टा हल्लाको पछी लाग्दा दुख पाईनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनाबस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागी समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेकोछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ ।तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
माघ २२, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १४, २०८१ सोमबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
महिलालाई विष खुवाएर मारेको आरोप लागेका दुई जना १८ वर्षपछि पक्राउ
फागुन ५, २०८१ सोमबार
के तपाई क्यान्सर हुनबाट बच्न चाहानुहुन्छ ? मज्जाले सुत्नुहोस्
फागुन ५, २०८१ सोमबार
कांग्रेस महामन्त्री गगन थापाले महाकुम्भमा स्नान
फागुन ५, २०८१ सोमबार
हलेसी बजारमा लागेको आगोबाट सात करोड ३० लाख बराबरको क्षति
फागुन ५, २०८१ सोमबार
कजाकिस्तानको चिहानमा भेटियो २५ सय बर्ष पुरानो ३७० ग्रामको सुनको ब्रेसलेट
फागुन ५, २०८१ सोमबार