‘जुत्ता एक्सचेञ्ज मेला’मा उपभोक्ताहरुको भीड
नेपालबहस संवाददाता
असोज २२, २०७८ शुक्रबार १८:४०:१०
२२ असोज, काठमाडौं । पुरानो जुत्तासँग नयाँ जुत्ता साट्न पाउने आकर्षक अफरसहित काठमाडौंको पुतलीसडक पद्मोदय मोडमा लागिरहेको ‘जुत्ता एक्सचेञ्ज मेला’मा उपभोक्ताहरुको बाक्लो भीड लाग्न थालेको छ । एकातिर नजिकिदै गरेको चाडपर्व र अर्कोतिर खेर गएको जुत्ताकोसमेत उचित मूल्यांकन हुने तथा थप छुटसहित नयाँ जुत्ता किन्न पाउने भएपछि मेलामा उपभोक्ताहरुको चासो र भीड बढेको हो ।
काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्गतिर मोडिने वित्तिकैको पद्मोदय मोड ट्राफिक विटसँगै नेपालका प्रख्यात ब्राण्डका जुत्ताहरुको एक्सचेञ्ज मेला लागिरहेको छ । एक्सचेञ्ज मेलाको अवधी अब केहि दिन मात्र रहेकाले यो मौका नगुमाउन र चाँडोभन्दा चाँडो आएर फाइदा लिन आयोजकको आग्रह छ ।
मेलामा जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनुका साथै प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मुल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता दिइने आकर्षक अफर रहेकाले मेलामा उपभोत्ताको चाप बढेको हो ।
नेपाली उपभोक्तालाई नयाँ नयाँ जुत्ता लगाउन प्रेरित गर्नका लागि एक्सचेञ्ज मेला आयोजना गरिएको मेला आयोजक प्रमोद महतोको भनाई छ । ‘यसअघि पनि पटक–पटक यस्ता मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएकाले दशैंको अवसरमा अहिले एक्सचेञ्ज मेला आयोजना गरिएको र अव मेला केही दिनमा चल्ने भएकाले उपभोक्ताको चाप बढेको छ’ आयोजक महतोको भनाई छ ।
काम नलाग्ने वा फ्याक्न लागेका जुत्तासँग नयाँ जुत्ता साट्न पाउँदा उपभोक्ता मख्ख परेर मेलामा ओइरेका हुन् । भक्तपुरका धर्म सुवेदीले पुरानो जुत्तासँग साटेर मेलामा ४ जोर जुत्ता किनेर फर्किए । उनले खुशी हुँदै भने– ‘पुरानो जुत्ता तह लगाउन पनि पाउने अनि नयाँ पनि पाइने हुँदा मैले ४ जोर जुत्ता किनेँ ।’
एक्सचेञ्ज मेलाका लागि नै भनेर जुत्ता कम्पनीले १ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता लन्च गरेका छन । नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने आयोजक जीवन श्रेष्ठको भनाई छ ।
स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने अर्का आयोजक आरसी केसी बताउँछन् ।
जुत्ता एक्सचेञ्ज मेलामा केटिएम सुज, भेनस सुज, फुटस्टेप सुजका नयाँ नयाँ डिजाइनका जुत्ता राखिएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार