मुक्तिनाथ रेमिटको भुक्तानी आईसीएफसी फाईनान्सबाट लिन सकिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज २२, २०७८ शुक्रबार १९:१८:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/muktinath-remit_mvFfoRdh7q.jpg)
२२ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आई सि एफ सि फाईनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने भएको छ ।
मुक्तिनाथ विकास बैंक र आई सि एफ सि फाईनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र आई सि एफ सि फाईनान्सको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बैंकले जारि गरेको विज्ञप्ति अनुसार, सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकको रेमिट सेवाको झुक्तानी आई सि एफ सि फाईनान्सको २० शाखाबाट सजिलै लिन सकिने छ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकहरुलाई रेमिट झुक्तानीका लागि अझ बढि सुविधा मिल्ने बैंकले विश्वास लिएको छ । मुक्तिनाथ रेमिटले आफ्नो कारोबार देशभरी रहेका ४५०० भन्दा बढि झुक्तानी केन्द्रबाट गर्दै आईरहेको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीसा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जानकारी दिइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार