दशैंमा पानीपुरी र चटपटेको छैन व्यापार !

नेपालबहस संवाददाता
असोज २२, २०७८ शुक्रबार १९:४३:२३

◊भूमिका तिमल्सिना
२२ असोज, काठमाडौं । दशैं नजिँकिँदै गर्दा बजारमा भिडभाड बढेको छ । तर, पानीपुरी र चटपटेको व्यापार भने घटेको छ । उपत्यकामा पछिल्लो समय चटपटे र पानीपुरीको व्यापार महिलाको राम्रो आम्दानीको श्रोत बनेको छ । केही समय पहिले पुरुषले मात्रै गर्दै आएको यो व्यापार पछिल्लो समय महिलाले पनि अंगाल्न थालेका छन् । थोरै लगानीमा धेरै फाइदा हुने हुँदा पानीपुरी र चटपटेको व्यापार गर्नेमा महिलाको संख्या बढेको हो ।
तर, गतवर्ष र यसवर्ष भने कोरोना महामारीले पानीपुरी र चटपटेको व्यायारमा खासै सफल्ता हात पार्न नसकेको गुनासो चटपटे तथा पानीपुरी व्यापारीको छ । हालै धेरेजसोले यो व्यवसाय अंगालेका छन् । विद्यालय आसपास, घर–घरमा ठेला गुडाउँदै महिला चटपटे र पानीपुरी बेच्न व्यस्त हुन्छन् ।
काभ्रेपलाञ्चोक स्थायी घर भई हाल काठमाडौंको बिजुलीबजार चोकमा चटपटे र पानीपुरी बेच्दै आएकी शुभद्रा तिवारीले आफ्नो घर खर्च यही व्यवसायबाट चलाउँदै आएकी छन् । उनले काम सुरु गरेको एक महिना मात्र भयो । पहिला उनको बुहारीले सोही व्यापार चलाउँदै आएकी थिइन् । उनी भन्छिन, ‘बुहारीले कोरोना महामारीअघि एकदिनमै चार हजार रुपैयाँसम्मको व्यापार गरेकी थिइन् । तर, अहिले भने एकदिनमा बल्ल सात सय रुपैयाँ कमाइन्छ ।’ उनले आफ्नो एकजना छोराको पढाइ खर्चदेखि सम्पूर्ण घर खर्च चटपटे पानीपुरीबाट निकाल्छुभन्दा दसैंमा झनै व्यापार नै नभएको गुनासो गरिन् ।
‘गाउँ छोडेर काठमाडौं आइयो तर, रोजगार भने जस्तो पाइँदैन । ठूलो व्यवसाय गर्न धेरै लगानी चाहिन्छ । त्यसैले, पानीपुरी र चटपटे व्यापारमा लागेकी हुँ । यसमा कम लगानीबाट धेरै फाइदा हुन्छ’, तिवारीले भनिन् ।
आम्दानीको श्रोत नभएरभन्दा उनी घरमा दिनभर त्यतिकै बस्नुभन्दा समय बिताउनका लागि पनि यो व्यापार आवश्यक रहेको उनी बताउँछिन् । उनले व्यापार कम नै भए पनि महिनामा १५र२० हजार रुपैयाँ भने कमाइ हुने बताइन् । उनले आफू यस कामबाट सन्तुष्ट भएको पनि बताइन् ।
उनले गाडा किन्न पनि छ हजार रुपैयाँ खर्च भएको बताउँदै खासै घाटा भने नलागेको उल्लेख गरिन् । उनले आफूले एकदिनमा तीन सय रुपैयाँ बराबरको खर्च गरेर दिनमा सात सय रुपैयाँ आम्दानी गर्ने गरेको बताइन् । उनले फेरी भनिन्, ‘कोरोनाले गर्दा र अहिले दसैं लागेकाले ग्राहकहरु गाउँ जान थालेका छन् । अब जाडोको समयमा राम्रो व्यापार हुने आशा छ ।’ गाउँ गएका सबै फर्किएपछि आफ्नो व्यापार वृद्धि हुने उनले आशा व्यक्त गरिन् ।
उनले बजारमा व्यापार गर्नभने सहज नभएको बताइन् । गाडा वरिपरि भएका सामानहरू चोरिदिने गर्दा असुरक्षित भएको सुनाउँछिन उनी । बिजुलीबजारको पुलको छेउमा फोहोर थुपार्ने ठाउँ भएकाले गन्ध धेरै आउने गरेको दुःखेसो पोखिन् । झनै सुक्खायाममा हावा चलेर धुलो उड्दा स्वास्थ्यमा समेत असर पर्ने उनी बताउँछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार