कोरोना खोपको पूर्ण मात्रा ३२ प्रतिशतले लगाए
नेपालबहस संवाददाता
असोज २२, २०७८ शुक्रबार २२:३१:५२
२२ असोज, काठमाडौं । कोरोना भाइरस खोपको पूर्ण मात्रा ३२ प्रतिशत नेपालीले लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ असोजसम्ममा ६९ लाख ६२ हजार एक सय ६४ जनाले खोप लगाएका हुन् ।
सरकारले दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । यस्तै, लक्षित जनसंख्याको ४० प्रतिशत अर्थात ८७ लाख दुई हजार सात सय पाँचजनाले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा ७४ प्रतिशतले पुर्णमात्रा खोप लगाएका छन्। २१ लाख २९ हजार सात सय ७३ लक्षित जनसंख्या मध्ये ७४ प्रतिशत अर्थात १५ लाख ७९ हजार आठ सय ९७ जनाले पहिलो खोप लगाएका छन् । लक्षित जनसंख्याको ८१ प्रतिशत अर्थात १७ लाख ४५ हजार पाँच सय ७० जनाले पहिलो मात्रा लगाएका छन्।
काठमाडौ महानगरपालिकाले शुक्रबारदेखि भेरोसेल खोपको पहिलो मात्रा दिन सुरू गरेको छ। खोप लगाउन छुटेका १८ वर्षमाथिका व्यक्तिले अनलाइन दर्ता कोड लिएर खोप केन्द्रमा गइ खोप लगाउन सक्ने महानगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार