मंगल ग्रहमा पर्सिभरेन्सले गर्दैछ नयाँ खुलासा
नेपालबहस संवाददाता
असोज २४, २०७८ आइतबार १३:४४:४१
२४ असोज, न्युयोर्क । अमेरिकी अन्तरिक्ष निकाय नासाको मंगल ग्रह मिसन पर्सिभरेन्स ‘पर्सी’ ले मंगल ग्रहमा जीवन रहेको संकेत खोज्ने क्रममा महत्वपूर्ण स्थानमा पुगेको र उसले नयाँ नयाँ खुलासा गरेको वैज्ञानिकहरूले बताएका छन् ।
गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएपछि पर्सिभिअरन्सले त्यहाँ वरपरका हजारौँ तस्बिर पृथ्वीमा पठाइरहेको छ । तस्विरहरूले मंगल ग्रहमा आजभन्दा साढे तीन अर्ब वर्ष पहिले ठूलो ताल रहेको पुष्टि गरेका छन् ।
पर्सीले खिचेको तस्विरले तालनजिक पानीको बहाव कम भएको देखाएको छ । तस्विरबाट मंगल ग्रहको वातावरणमा सूक्ष्म जीवका अवशेष बाँकी रहेको हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन् ।
पर्सीले पठाएका तस्विरले त्यहाँ भूआकार रहेको देखिए पनि मंगल ग्रहको जमिनमा नउत्रिएसम्म त्यसलाई पुष्टि गर्न नसकिने वेलायतस्थित इम्पिरियल कलेजका प्राध्यापक सञ्जीव गुप्ता बताउँछन् ।
भूउपग्रहबाट देखिएको भूआकार बाढीले बनाएको हुन सक्ने गुप्ताको अनुमान छ । पर्सी सो भूआकारबाट दुई किलोमिटर जतिको दूरीमा छ ।
पर्सीले पठाएको एउटा तस्विरबाट वैज्ञानिकहरू सवैभन्दा बढी उत्साहित छन् । सो तस्विरमा मंगल ग्रहको माटोमा विभिन्न तह देखिन्छ । ती तहहरू नदीले थेग्राएको माटोबाट बनेको अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्राजिलमा मस्कलाई ठुलो झट्का, ३० लाख डलर जरिवाना तिर्न अदालतको आदेश
भदौ २९, २०८१ शनिबार
विज्ञापनसँग सम्बन्धित मुद्दाको सामना गर्दै गुगल
भदौ २५, २०८१ मंगलबार
आईफोन पहिलो पटक कसरी सिर्जना गरिएको थियो ?
भदौ २५, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार