बलिउडमा करीनालाई ‘गसिप क्विन’ भनेर चिन्ने ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज २५, २०७८ सोमबार १६:३९:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/Kareena-Kapoor-Khan_JsB9fkc0K5.jpg)
२५ असोज, काठमाडौं । बलिउडमा करीना कपूर खानलाई ‘गसिप क्विन’ भनेर चिन्ने गरिन्छ । किनकी उनलाई हरेक गसिपको बारेमा जानकारी हुन्छ । ‘करीना बिहान उठ्नेवितिकै सबैलाई कल गरेर गसिपको जानकारी लिन्छिन र त्यसलाई कन्फर्म गर्छिन’ उनका नजिकका साथी करण जोहरले भने ।
एक टेलिभिजन शोमा पुगेका करणले भने ‘करीनालाई थाहा नहुने गसिप नै हुदैन, बलिउडको सम्पूर्ण अवस्थाको जानकारी उनलाई हुन्छ ।’ करण र करीना एकदमै मिल्ने साथी हुन् ।
करीना घरमै हुन्छिन् तर उनलाई हरेक गसिपको जानकारी हुने करणले खुलाए । उनी आफ्नो पुरानी साथी काजोलसँग उक्त शोमा गएका थिए । साथै, करणले अक्षय कुमारलाई हेल्थको बारेमा, वरुण धवनलाई सोसल मिडियाको बारेमा र सोनाम कपूर आहुजालाई फेसनको बारेमा धेरै नै ज्ञान रहेको बताउँदै आफू प्रधानमन्त्री बने यी मन्त्रालय जिम्मा लगाउने बताए ।
करणले मात्र होइन, करीनाकै पिता रणधीर कपूर र दिदी करिश्मा कपूरले समेत उनलाई ‘गसिप क्विन’ भनेका छन् । हालै एक शोमा पुगेका रणधीरले करीना र रणवीर कपुरले बलिउडको हरेक खबर राख्ने गरेको बताए । ‘करीना सानैदेखि आफूलाई अपडेट गर्ने गर्छिन्’ रणधीरले शोमा भने । करिश्माले पनि आफूभन्दा करीनानै चतुर रहेको स्वीकार्दै ‘गसिप’ उनीबाट नलुक्ने बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार