कृष्णनगरमा फैलिएको झाडापखाला की हैजा ? १० दिनसम्म आएन दिसा परीक्षणको रिपोर्ट
नेपालबहस संवाददाता
असोज २६, २०७८ मंगलबार १७:५०:५७
२६ असोज, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा खानेपानीको माध्यमबाट झाडापखाला फैलिएको पुष्टि भएको छ । रोग प्रभावित क्षेत्रबाट संकलन गरिएको पानीको १५ नमुनामध्ये ९ मा इकोली भेटिएको छ ।
परीक्षण भएको नमुनामध्ये नेपाल खानेपानी संस्थान बहादुरगञ्ज उपशाखाबाट वितरित धारा ‘पाइप लाइन’का १० र नल ‘चापाकल’ बाट पाँच नमुना संकलन गरिएको थियो । जसमध्ये पाइप लाइनका पाँच नमुना र नलका चार नमुनामा
इकोली भेटिएको प्रतिवेदन सार्वजनिक भएको छ ।
यसअघि भुपू सैनिक खानेपानी उपभोक्ता समितिको पानी जाँच प्रयोगशालामा पानी परीक्षण गर्दा पाइप लाइनको पानीमा इकोली फेला परे पनि संस्थानले पानी शुद्ध भएको भनी विज्ञप्ति प्रकाशन गरेको थियो । प्रयोगशालाका कर्मचारी धनबहादुर सोमैले पाइप लाइनको पानीको नमुनामा लेउ देखिएको बताए । तर संस्थानले पानीको नमुनामा केही नदेखिएको भन्दै विज्ञप्ति निकालेको थियो ।
सार्वजनिक भएन रोगको कारण
नगरपालिकाको वडा नं। ७, ८ र ९मा पहिलोपटक रोग देखिएको १० दिन बितेको छ । १७ असोज आइतबार पहिलोपटक शिवराज अस्पतालमा बिरामी आउन सुरु भएको थियो । सोमबार बिरामी हुनेको सङ्ख्या १०० नाघेको थियो । बिरामीको अवस्था र रोग फैलिने दर हेर्दा हैजा फैलिएको शंका गरिको थियो । १८ गते पाँच जना बिरामीको दिसाको नमुना प्रयोगशालामा परीक्षण गर्दा एक जना बिरामीलाई हैजा देखिएको थियो ।
केही दिनअघि शिवराज अस्पतालमा भर्ना भएका बिरामीलाई हैजाको आरडीटी विधिबाट परीक्षण गरिएको थियो । अस्पताल निकट स्रोतबाट परीक्षण भएकामध्ये केहीलाई हैजा देखिएको बुझिएको छ । तर सोको रिपोर्ट सार्वजनिक भएको छैन । हैजा परीक्षणका लागि फेरि पाँच बिरामीको दिसाको नमुना काठमाडौं लगिएको छ । सुरुमा लगेको नमुना औषधि सेवन भएका बिरामीको भएकोले औषधि नखुवाइएको बिरामीको दिसाको नमुना परीक्षणका लागि लगिएको छ ।
बिरामी हुनेमा बालबालिका धेरै
जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको ६८८ बिरामीको विवरणअनुसार बिरामी हुनेमा धेरै बालबालिका छन् । कार्यालयका अनुसार ११ वर्षभन्दा कम उमेरका २११ बालबालिकाका बिरामी भएका छन् । यस्तै ११(२१ उमेर समूहका २१४ जना छन् । ५४ प्रतिशत महिला प्रभावित भएका छन् । मंगलवार बिहानसम्म प्रभावित हुनेको सङ्ख्या ७५८ पुगेको छ । जसमध्ये ७०३ जना उपचारपछि घर फर्किएका छन् । हाल शिवराज अस्पतालमा १४ जना उपचाररत छन् भने ४१ जनालाई कपिलवस्तु अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताए ।
६ जनाको मृत्यु, सरकार भन्छ तीन मात्रै
स्वास्थ्य कार्यालयले झाडापखालाका कारण तीन जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षका पुरुषको घरमा, एक जना ७ वर्षीय बालकको निजी क्लिनिकमा र ५ वर्षीय बालिकाको अस्पताल ल्याउने क्रममा मृत्यु भएको जनाएको छ । तर समुदायमा थप तीन जनाको झाडापखालाको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका-८ कोटवाका एक महिला, कृष्णनगर नगरपालिका सुखरामपुरका २७ दिनको एक शिशु र बहादुरगञ्जकी एक महिलाको गर्भ तुहिएको छ । २७ दिने शिशुको निमोनियाको कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
अमेरिकासहित चार देशका राजदूतलाई राष्ट्रपति पौडेलले गराए शपथ ग्रहण
मंसिर १६, २०८१ आइतबार
३१ हजार मतदाता रहेको कीर्तिपुर नगरपालिकामा १२ बजेभित्र ११ हजार मत खस्यो
मंसिर १६, २०८१ आइतबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार