दशैंमा रिफ्रेस हुने हो ? खोटाङ आउनुहोस्
नेपालबहस संवाददाता
असोज २६, २०७८ मंगलबार २०:२८:२७
२६ असोज, खोटाङ । दशैं र तिहारले पारिवारिक जमघट जुटाइरहेको छ । रोजगारी तथा अध्ययनका सिलसिलामा देशभित्रैको विभिन्न स्थानमा रहेका र परदेश रहेका आफन्तबीच चाडबाडले एकै स्थानमा ल्याइदिएको छ । यस्तो अवसरलाई अविश्मरणीय बनाउने सोचमा हुनुहुन्छ भने तपाईलाई खोटाङका पर्यटकीय स्थलहरूले पर्खिरहेका छन् ।
अहिलेको मौसम सफा हुने भएकाले आफन्तसँग रमणीय स्थलमा घुमफिर गर्ने ‘कल्चर’ को विकास भइरहेको छ । दशैं र तिहारको समयमा घुमफिर गर्दै रमाईलो गर्न खोटाङमा पनि पर्याप्त पर्यटकीय स्थलहरू छन् । स्वच्छ हावापानी, नागबेली डाँडाकाँडा, हिमालका चुचुरा, लेकका नागी, प्राकृतिक गुफा, धार्मिक तथा साँस्कृतिक सम्पदाको दृश्यावलोकनका लागि खोटाङ अन्य जिल्लाभन्दा कम नरहेको साइकलयात्री कर्ण श्रेष्ठले बताए ।
आफन्तसँग बिताएको समयलाई सदुपयोग गर्न हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने त्रि–धार्मिक स्थल हलेसी, खोटाङको साकेला गाउँपालिका र भोजपुरको टेम्के मैयूँ गाउँपालिकाको बिचमा रहेको टेम्केडाँडा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट डाँडा, केपिलासगढी गाउँपालिकाको केपिलासगढी, लौरेडाँडा, मैयूँ, चिलिमढुंगालगायतका रमणीयस्थलमा पुगेर रिफ्रेस बन्न सकिन्छ ।
यी धार्मिक तथा पर्यटकीयस्थलमा पुगेर टाढाटाढाका दृश्यावलोकनसँगै वन सम्पदा, जल सम्पदालगायत अवलोकन र अध्ययन गर्न सकिने श्रेष्ठ बताउँछन् । कतिपय अग्ला डाँडाबाट सगरमाथालगायतका हिमश्रृंखला तथा कतिपय डाँडाबाट तराईका फाँट समेत देख्न सकिन्छ ।
हलेसी तुवाचुङ नगरपालिकामै पर्ने किराँत समुदायको उद्गमस्थल तुवाचुङ जायजुम, हलेसीगढी, भुम्जुडाँडालगायतका धार्मिक तथा पर्यटकीय स्थलको घुमफिर गर्न सकिन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै मझुवागढी, भुलभुले दुधकुण्ड देउधाम, महुरेगढीको घुमफिर गर्न सकिन्छ ।
बराहपोखरी गाउँपालिकाको बराहपोखरी, जन्तेढुंगा गाउँपालिकाको जन्तेढुंगा, हुम्मा पोखरी, छोंखा साकेला थान, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, सोलढुंगा, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको धिप्लुङ झरना, ऐसेलुखर्क गाउँपालिकाको बाहाने पोखरी, रावाबेँसी गाउँपालिकाको रावागढीलगायतका चर्चित स्थलमा पुगेर रम्न सकिन्छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खार्मीमा स्थानीयले बताएको कांशाहोप तालमा समेत डुंगा सयर गरेर रमाइलो गर्न सकिन्छ । हलेसी तुवाचुङ नगरपालिकामै पर्ने रक गार्डेन पनि घुमफिरका लागि रोजाईको स्थलका रुपमा विकसित हुँदै छ । यसबाहेक जिल्लाका अन्य डाँडाकाँडा, भञ्ज्याङ, चौतारी, खोलानाला पुगेर पनि आफन्तसँग रमाइलो गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार