तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
असोज २७, २०७८ बुधबार १२:९:२९
वि.सं.२०७८ साल असोज २७ गते । बुधबार । ईश्वी सन् २०२१ अक्टोबर १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– अष्टमी,बेलुकी ११ बजेर ४४ मिनेट उप्रान्त नवमी । नक्षत्र–पूर्वांषाढा, दिउसो ०२ बजेर ५३ मिनेट उप्रान्त उत्तराषाढा । योग– अतिगण्ड,बिहान ११ बजेर २६ मिनेट उप्रान्त सुकर्मा । करण–भद्रा,दिउसो १२ बजेर ४५ मिनेट उप्रान्त बव, बेलुकी ११ बजेर ४४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–धनु, बेलकी ०८ बजेर ३३ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेट । दिनमान २८ घडी ५१ पला । बुधाष्टमीव्रत,महाअष्टमीव्रत,कालरात्रिस गोरखकाली पूजा ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- नोकरीमा पदोन्नती हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवनसाथिको पनि सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नहुदा अरुभन्दा पछी परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाईलेखाइैमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउनेछ । मायाप्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवनसाथिसँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरुको सहयोग तथा सद्भाव पाईने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछन् । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाईने हुनाले उपलब्धीमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’ :- मायाप्रेम तथा पारिवारिक जीवन सन्तोष प्रद हुनेछ । बिद्या बुद्धिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ भने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनेछ । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरु केहि भए स्वत ठिक हुनेछ । व्यापार बिस्तार गरि मनग्गे आर्थिक लाभ लिन सकिनेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- रमाईलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाईने हुँदा पन प्रशन्न रहनेछ । उपाहार तथा भौतिक सम्पती प्राप्तिको योग रहेकोछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- अध्ययन अध्यापनमा अली बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी सुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- तपाईंले शुरु गरेको काममा आफन्त तथा दाजुभाईहरुको सहयोग तथा समर्थन पाईनेछ । व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । बिवादित बिषयहरु तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । पढाईलेखाईमा प्रतिस्पर्धीहरुलाई पछी पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पती जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । बिद्या तथा प्रतिस्पर्धीहरु हार खानेछन् भने तपाईको कुरा काट्ने हरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाईलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाईलेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- कलात्मक तथा रचनात्मक काम सुरु गरी भविश्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागी समय फलदायी रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ । व्यापारमा समय लगानि गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नती हुने ग्रहयोग रहेकोछ । बिद्यार्थीहरुले खोजमुलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडिहरुका लागी समय उत्तम रहेकोछ ।
मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- स्वदेशी सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- घर परिवार तथा समाजमा तारिफयोग्य कामगरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरु खुशि हुनेछन् । नयाँ प्रेम प्रस्ताब आउनेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- समाजसेवा तथा राजनीतिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागितासहितको सहयोग पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीतसंगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार